Kakhara सबैको खबर सम्पूर्ण खबर
बालशिक्षा मावि गैरिनेटामा १ लाख रुपैयाँको ‘‘डा यज्ञप्रसाद विसी छात्रवृत्ति अक्षयकोष’’ स्थापना 

रुकम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ गैरिनेटामा रहेको बालशिक्षा माध्यमिक विद्यालयमा ‘‘डा यज्ञप्रसाद विसी छात्रवृत्ति अक्षयकोष’’ स्थापना गरिएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी  १ लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको  हो । विद्यालयको तर्फबाट विद्यालयका प्रधानाध्यापक चन्द्रमुणि ओली र कोष संस्थापकको तर्फबाट डा ‘‘डा यज्ञप्रसाद विसीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

विद्यालयमा अध्यनरत आर्थिक अवस्था कमजोर तथा शैक्षिक रुपमा उत्कृष्ट नजिता प्राप्त गर्ने विद्यार्थीहरुको हौसला स्वरुप अक्षयकोष स्थापना गरिएको अक्षयकोष संस्थापक डाक्टर यज्ञप्रसाद विसीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थापना गरिएको १ लाख रुपैयाँको व्याज रकमबाट प्रत्येक वर्ष आर्थिक अवस्था कमजोर तथा शैक्षिक रुपमा उत्कृष्ट हुने एक जना छात्र र एक जना छात्रालाई छात्रवृत्ति प्रदान गरिने छ ।

अक्षयकोष संस्थापक डाक्टर विसी विगत लामो समयदेखि मुसिकोट नगरपालिका ५ बागबजारमा मनकामना लाइफ केयर हस्पीटल प्राली संचालन गर्दै आउनुभएको छ । 

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update