गौतम बन्धु राष्ट्रिय समाज जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । आज जिल्ला सदरमुकाम मुसिकोट खलंगामा आयोजना गरिएको प्रथम भेला नयाँ कार्यसमिति निर्माण गर्दै सम्पन्न भएको हो । प्रथम जिल्ला भेलाले ओम केसी गौतमको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्माण गरेको छ ।
जसको उपाध्यक्षमा नन्दराम केसी, सचिवमा निराकरण गौतम र कोषाध्यक्षमा रमा गौतम चयन भएको गौतम बन्धु राष्ट्रिय समाज जिल्ला समन्वय समिति रुकुम पश्चिमले जनाएको छ। सदस्यहरूमा रामबहादुर केसी, नौलु जैसी, मेघलाल गौतम, समीर गौतम चयन हुनुभएको छ। त्यस्तै झक्कुप्रसाद गौतम, जगत् गौतम, षडानन्द गौतम, प्रीयराज गौतम र इन्द्रलाल गौतम पनि सदस्यमा चयन हुनुभएको छ ।
त्यस्तै भेलाबाट सल्लाहकार समिति पनि गठन गरिएको नवनिर्वाचित अध्यक्ष केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सल्लाकार समितिमा पूर्व मुसिकोट नगर प्रमुख देवीलाल गौतम, भरतकुमार शर्मा र दिलबहादुर केसी गौतम चयन हुनुभएको छ। भेलामा गौतम बन्धु राष्ट्रिय समाजका केन्द्रीय उपाध्यक्ष मोहनप्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।





-1759842583.jpg)