Kakhara सबैको खबर सम्पूर्ण खबर
बागबजारमा  क्याफेको छतबाट खसेर एक बालक गम्भीर घाइते
फाइल फोटो ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ बागबजारमा क्याफेको छतबाट खसेर एक बालक घाइते भएका छन  । शनिबार राती ८:१५ बजेको समयमा खेल्ने क्रममा ६ वर्षीय बालक खसेर घाइते भएका हुन । घाइते हुनेमा सुर्खेत गुर्भाकोट नगरपालिका १० घर भइ हाल मुसिकोट नगरपालिका ५ सेरिगाउँ बस्ने कृष्ण रानाका ६ वर्षीय छोरा आयन राना रहेको जिल्लामा प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घाइते  आयनको भित्री चोट लागेको  र  अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।  उहाँका अनुसार ६ वर्षीय आयनको बागबजारमा रहेको मनकामना लाईफ केयर अस्पताल प्रालीमा उपचार भइरहेको छ । बालक बेहोस अवस्थामा रहेका छन । थप उपचारको लागि नेपालगन्ज लैजाने तयारी भइरहेको बताएको छ ।

प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update