Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमबाट आमा र बच्चाको हेलिकाेप्टर मार्फत उद्धार 
फाइल फाेटाे ।

रुकुम पश्चिमबाट हेलिकोप्टर मार्फत आमा र नवजात शिशुको उद्धार गरिएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ७ निवासी आयुशा ओली र उहाँको बच्चालाई जिल्ला अस्पतालमा उपचार पछि थप उपचारका लागि आज नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरी सुर्खेत लगिएको हो । 

ओली घरमै सुत्केरी भएको र बच्चामा श्वासप्रश्वासको समस्या भएपछि जिल्ला अस्पताल सल्ले लगिएको थियो । सम्भावित जोखिमबाट बच्नका लागि बच्चालाई एन-आइसियु आवश्यक भएकोले हेलिकोप्टर मार्फत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ । 

राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत आमा र बच्चालाई हेलिकोप्टर मार्फत उद्धार गरी सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । 

बच्चालाई थप उपचारको आवश्यकता देखिएपछि स्वास्थ्य सेवा कार्यालयले हवाई उद्धारका लागि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय समक्ष पत्र लखेको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update