Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा मोटरसाइकल र जिप ठोक्किँदा मोटरसाइकल चालक घाइते 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ मा जिप र मोटरसाइकल एक आपसमा ठोक्किएका छन् । मुसिकोट नगरपालिका ३ माछिमी स्थित मध्यपहाडी लाेकमार्गमा खलङ्गा देखी सिम्ली जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप र खलङ्गा तर्फ आइरहेको भे १२ प २३५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् । 

आज अपराह्न ४ बजेतिर भएको दुर्घटनामा परि मोटरसाइकल चालक मुसिकोट नगरपालिका वडा नम्बर ३ का २५ वर्षीय प्रवीण केसी घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार केसीको टाउको र बायाँ हातमा चोट लागेको छ भने बोल्न नसक्ने अवस्था रहेको र उपचारको लागी जिल्ला अस्पताल सल्ले पठाइएको छ । 

जिप चालक सानीभेरी गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय प्रेम बाँठा र जिप प्रहरी नियन्त्रणमा रहेको बताइएको छ । घटनाको थप अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । 

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update