Kakhara सबैको खबर सम्पूर्ण खबर
दाङबाट रुकुम पश्चिम आउँदै गरेको फोर्स गाडी सल्यानमा दुर्घटना, एक जना घाइते
फाइल फाेटाे ।

दाङबाट रुकुम पश्चिम आउँदै गरेको फोर्स गाडी र मोटरसाइकल सल्यानमा एक अपसमा ठोक्किएका छन् । आज दिउँसो राप्ती राजमार्ग अन्तर्गत पर्ने सल्यानको बागचौर नगरपालिका १ ढ्यापमा फोर्स गाडी र मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् । 

रुकुम पश्चिमतर्फ आउँदै गरेको लु २ ख ६९४५ नम्बरको फोर्स गाडी र विपरीत दिशा जाँदै गरेको रा ३ प  ७१११ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक बागचौर नगरपालिका ८ कोटमौला सल्यानका २२ वर्षीय चेतिलाल पहाडी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाइते मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पहाडीको बागचौरमा सामान्य उपचारपछि थप उपचारको लागि दाङको तुलसीपुर रेफर गरिएको छ । दुवै सवारी साधनमा सामान्य क्षति  पुगेको छ । 

दुवै सवारी साधन र गाडी चालक सल्यानको शारदा नगरपालिका १२ का २५ वर्षीय भरत कुँवरलाई इलाका प्रहरी कार्यालय थारमारेले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update