रुकुम पश्चिमको शीतल क्याम्पस चौरजहारीको नयाँ सञ्चालक समिति गठन गरिएको छ । क्याम्पसको भेलाबाट गणेश पोखरेलको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा अर्जुन लामिछाने रहनुभएको छ ।
सदस्यहरूमा चमेली सुनार, समीर केसी, सविन शर्मा, खीमा कुमारी रेग्मी जैसी, चौरजहारी २ का अध्यक्ष वीरबहादुर राना, उद्योग वाणिज्य संघ चौरजहारीका अध्यक्ष प्रेम सुनार र प्राध्यापक संघ सभापति भीमप्रसाद लामिछाने रहनुभएको छ ।
त्यस्तै सदस्यमा स्ववियु सभापति प्रकाश डाँगी, चौरजहारी नगर प्रमुख, त्रिभुवन विश्व विद्यालय प्रतिनिधि रहनुभएको छ भने सदस्य सचिवमा क्याम्पस प्रमुख रमेश लामिछाने रहनुभएको छ । क्याम्पस सञ्चालक समितिको कार्य अवधि सम्पन्न भएपछि नयाँ सञ्चालक समिति गठन भएको शीतल क्याम्पस चौरजहारीले जनाएको छ ।





-1759842583.jpg)