Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी ७ सहरेमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा ट्याक्टरको ठक्करबाटबाट एक बालकको मृत्यु भएको छ । वडा नम्बर २ को गिठाकोटबाट बालुवा लिएर सिम्ली तर्फ आइरहेको रा १ त ४८७१ नम्बरको ट्याक्टरले वडा नम्बर ७ को सहरेमा स्थानीय ५ वर्षीय बालक रियान बुढाथोकीलाई ठक्कर दिँदा मृत्यु भएको हो । 

रियानको उपचारका क्रममा सानीभेरी गाउँपालिका अस्पताल छोटेबगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द परियारले जानकारी दिनुभयो । उक्त ट्याक्टर सह चालक सानीभेरी ७ का नवराज पुन मगरले चलाएको र चालकलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । 

शव गाउँपालिका अस्पतालमै रहेको र घटनाको थप अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक परियारले जानकारी गराउनुभयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update