रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ७ सहरेमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएपछि बालकका आफन्तले अवरुद्ध पारेको मध्यपहाडी लोकमार्ग खुलेको छ । बिहीबार साँझ ५ वर्षीय रियान बुढाथोकीको ट्याक्टरको ठक्करबाट मृत्यु भएपछि पीडित परिवारले न्यायको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध बनाएका थिए । नेपाल प्रहरीको सहयोगमा अवरुद्ध मध्यपहाडी संचालनमा आएपनि पीडित परिवार विच सहमति भइ नसकेको ७ नम्बर वडा अध्यक्ष कुलबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
छलफलका लागि पीडित परिबारलाई जिल्ला प्रहरी कार्यालय बोलाएर सहमतिको प्रयाय भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । विहिबार वडा नम्बर २ को गिठाकोटबाट बालुवा लिएर सिम्ली तर्फ आइरहेको रा १ त ४८७१ नम्बरको ट्याक्टरले वडा नम्बर ७ को सहरेमा स्थानीय रियानलाई ठक्कर दिँदा मृत्यु भएको थियो । आफन्तले न्याय र क्षतिपूर्तिको माग गर्दै मध्य पहाडी लोकमार्ग अवरुद्ध बनाएका थिए । सम्भावित घटनालाई ध्यानमा राखेर ठुलो संख्यामा सुरक्षाकर्मी समेत परिचालन गरिएको थियो ।
ट्याक्टर सह चालक सानीभेरी ७ का नवराज पुन मगरलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।





-1759842583.jpg)