Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमा ५ सय १८ रोपनी क्षेत्रफलमा लगाएको लागुऔषध अफिम खेती नष्ट

रुकुम पश्चिममा चालु आर्थिक वर्षमा ५ सय १८ रोपनीमा लगाएको लागु औषध अफिम खेती नष्ट गरिएको छ । चालु आर्थिक वर्ष साउन १ गतेदेखि बैशाख १० गतेसम्म उक्त क्षेत्रफलमा लगाएको लागु औषध अफिम खेती नष्ट गरिएको हो । सवैभन्दा बढी आठविकोट नगरपालिकामा ४ सय रोपनीमा क्षेत्रफलमा लगाएको लागुऔषध अफिम खेति नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर ले जानकारी दिनुभयो ।

उहाँका अनुसार सानीभेरी गाउँपालिकामा ९० र बाँफिकोट गाउँपालिकामा २८ रोपनी गरेर कुल ५ सय १८ रोपनी क्षेत्रफलमा लगाइएको लागुऔषध अफिम खेती नष्ट गरिएको छ । सवैभन्दा बढी अफिम उत्पादन आठविकोट नगरपालिकामा हुने गरेको उहाँको भनाई छ । प्रहरीले बर्षेनी अफिम खेती नष्ट गर्दै आएपनि उत्पादनमा भने कमि आउन सकेको छैन् ।

जंगलको विचमा उत्पादन हुने भएको उत्पादन गर्ने व्यक्तिको पहिचान गर्न समेत प्रहरीलाई मुस्किल हुने गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update