Kakhara सबैको खबर सम्पूर्ण खबर
सिदार्थ बैंक मुसिकोट  शाखाद्धारा फोहोर  व्यवस्थापन गर्न विद्यालयलाई डस्वीन सहयोग 

सिदार्थ बैंक मुसिकोट शाखा कार्यालय रुकुम पश्चिमले विद्यालयलाई फोहोर व्यवस्थापन गर्न डस्वीन सहयोग गरेको छ । शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मुसिकोट नगरपालिका ५ सेरिगाउँमा  रहेको यमुना नन्द नमुना माविलाई फोहोर व्यवस्थापन गर्न डस्वीन सहयोग गरेको हो । वैंकको सामाजिक उदरदायित्व कार्यक्रम अन्तरर्ग उक्त विद्यालयमा फोहोर व्यवस्थापन गर्न सहज होस भनेर स्टेनसहितको दुई वटा डस्वीन सहयोग गरिएको शाखा प्रवन्धक धर्मनन्द अवस्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसाार शाखाले हरेक वर्ष सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक कार्य गर्दै आइरहेको छ । शाखाले यस अघि पनी सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत मुसिकोट २ रातामाटामा रहेको पशुपती माविमा बगैँचा घेराबार, त्रिजमावि खलंगामा साउण्ड सिस्टम, मुसिकोट ५ थर्पूमा रहेको सत्य नारायणको मन्दिर जिर्णोदार लगायतका काम गरेको थियो ।

आगमी वर्षमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिने सिदार्थ बैंक मुसिकोट शाखाले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update