रोल्पाको परिवर्तन गाउँपालिका-४, तातोपानीमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ । शनिवार बेलुका ८ बजेतिर परेको चट्याङ लागेर ७७ वर्षीय लालु ओलीको मृत्यु भएको हो ।
गोठ नजिकैको रूखमा परेको चट्याङ लागेर उहाँको घटनास्थलमै मृत्यु भएको बताइएको छ । गोठमा बुढा बुढी रहेको र बुढी भने सकुशल रहेको परिवर्तन गाउँपालिका ४ का वडा सदस्य खड्कबहादुर ओलीले जानकारी दिनुभयो ।
चट्याङ लागेर ओलीको एउटा गोरु समेत मरेको उहाँले बताउनुभयो । उहाँका अनुसार परिवारका अन्य सदस्यहरू भने अर्को घरमा थिए । इलाका प्रहरी कार्यालय पाछाबाङकाे टोली घटनास्थलमा पुगेको छ भने घर्तीगाउँबाट पनि प्रहरी आइरहेको बताइएको छ ।
अहिले घटनास्थलमा मुचुल्का तयार भइरहेको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा लैजाने तयारी भइरहेको वडा सदस्य ओलीले जानकारी गराउनुभयो ।





-1759842583.jpg)