अलैची खेतीमा किसानको बढ्दो आकर्षण
त्रिवेणीमा अलैची बिक्रिबाट २७ लाख बढी आम्दानी, खेतीतर्फ आकर्षित हुँदै किसान
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा अलैँची बिक्रीबाट किसानले २७ लाख ६० हजार रुपैयाँ आम्दानी गरेका छन् । यस वर्ष पालिकाभरका १ सय बढी किसानले अलैँची बिक्रीबाट उक्त आम्दानी गरेका हुन् । पालिकाभर यस वर्ष किसानले १२ क्विन्टल अलैँची उत्पादन गरेर बिक्री गरेको त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख ऐनबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार किसानले प्रतिकिलो २३ सयका दरले बिक्री गरेका छन् । प्रत्येक किसानले सिजनमा ५ किलोदेखि ५०/ ६० किलोसम्म अलैँची बिक्री गर्ने गरेका छन् । पछिल्लो समय अलैँची खेती गर्ने किसानको संख्यामा वृद्धि हुँदै गएको त्रिवेणी गाउँपालिका कृषि शाखाले जनाएको छ । त्रिवेणी गाउँपालिकामा, अदुवा, सुन्तला बिक्रीबाट पनि किसानले राम्रो आम्दानी गर्ने गरेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३ १४:०२
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)