कक्षा १२ को परीक्षा सुरु, रुकुम पश्चिममा पहिलो दिन ३३ सय ९१ जना परीक्षार्थी सहभागी
त्रिभुवन जनता मावि परीक्षा केन्द्रबाट भने एक जना निरीक्षक र एक जना परीक्षार्थी निष्कासित ।
देशभरिमा कक्षा १२ को परीक्षा सुरु भएको छ । रुकुम पश्चिममा पनि आज पहिलो दिनको परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । आज पहिलो दिनको परीक्षामा ३३ सय ९१ जना परीक्षार्थी सहभागी भएको बताइएको छ ।
कक्षा १२ को परीक्षाका लागि जिल्लामा १५ वटा परीक्षा केन्द्रहरू रहेका छन् । सबै परीक्षा केन्द्रमा पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको हो । जिल्ला सदरमुकाममा रहेको त्रिभुवन जनता मावि परीक्षा केन्द्रबाट भने एक जना निरीक्षक र एक जना परीक्षार्थी निष्कासित भएको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३ १६:४१
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)