Kakhara सबैको खबर सम्पूर्ण खबर
कालिका लघुवित्तद्वारा मृतकका परिवारलाई ४ लाख २५ हजार राहत प्रदान 

कालिका लघुवित्त वित्तीय संस्था शाखा कार्यालय रुकुम पश्चिम मुसिकोटले एक सदस्यका परिवारलाई राहत प्रदान गरेको छ । संस्थाका सदस्य मुसिकोट १३ की रविना रावतको श्रीमानको दुर्घटनामा मृत्यु भएपछि आज एक कार्यक्रमका बिच ४ लाख २५ हजार प्रदान गरिएको हो । 

रविना २०८२ जेठ ६ गते संस्थामा आबद्ध हुनुभएकाे थियाे भने उहाँमा २ लाख कर्जा लगानी भएकाे थियो । श्रीमानको दुर्घटनामा मृत्यु भएपछि संस्थाको नियम अनुसार ४ लाख र २५ हजार किरिया खर्च प्रदान गरिएको संस्थाले जनाएको छ । 

कोपिला पुन रोकाको अध्यक्षतामा भएको रकम प्रदान कार्यक्रममा मुसिकोट १३ का वडा सदस्य वीरबहादुर रोकाको प्रमुख र संस्थाका अनुगमन मुकाम वीरेन्द्रनगर सुर्खेतका अनुगमन अधिकृत मोहन न्यौपानेको विशेष आतिथ्यता रहेको थियो । 

त्यस्तै कार्यक्रममा मुसिकोट शाखाका कर्मचारी भरत बिसी र रमिता भण्डारीको पनि उपस्थित रहेको थियो  । कार्यक्रमको सञ्चालन मुसिकोट शाखाका शाखा प्रमुख सिर्जना केसीले गर्नुभएको थियो । 

कालिका लघुवित्त वित्तीय संस्था शाखा कार्यालय मुसिकोट शाखाले समस्यामा रहेका आफ्ना सदस्यहरूलाई राहत वितरण गर्दै आइरहेको छ । जसले गर्दा सदस्यहरू संस्था प्रति सकारात्मक बन्दै गएको संस्थाको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update