Kakhara सबैको खबर सम्पूर्ण खबर
कमलाको उपचारका लागि  संकलन भएको ९८ हजार सहयोग रकम हस्तान्तरण 

चट्याङ लागेर गम्भीर घाइते  हुनुभएकी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बबर ५  हुकामकी कमला विकको उपचारका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग संकलन भएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । हालसम्म नगद तथा अन्य सहयोगसहित संकलन  भएकाे कुल ९८ हजार ६ सय १८ रुपैयाँ सहयो गहस्तान्तरण गरिएको हाे । नेपाल पत्रकार महासंघ रुकुम पूर्वका उपाध्यक्ष बालाराम शेर्पाली र सचिव निराजन सिर्पालीको पहलमा संकलित उक्त रकम आज  कमला बिकका श्रीमान् राजन बिकलाई हस्तान्तरण गरिएको सहयोग संकलनकर्ता पत्रकार महासंघ रुकुम पुर्वका सचिव निराजन सिर्पालीले जानकारी दिनुभयो ।

घाइते विकको उपचारका लागि थप सहयोग रकम आवश्यक रहेको उहाँको भनाई छ । सहयोग गर्न इच्छुक व्यक्तिहरूले सम्बन्धित अभियन्तासँग तथा पत्रकार हिक्मत प्रोतेल र गजेन्द्र घर्तीसँग सम्पर्क गर्न सकिने छ । कमलाको उपचारको लागि पत्रकार प्रोतेल र घर्तीले पनि सहयोग रकम संकलन गरिरहनु भएको छ ।

गत आइतबार चट्याङ लागेर गम्भीर घाइते हुनुभएकी कमलाको आर्थिक अवस्था कमजोर भएकाले आफुहरुले आर्थिक संकलनमा चासो देखाएको सहयाेग रकम संकलन गरिरहेकाे सचिव सिर्पालीले जानकारी दिनुभयो । कमलाको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको छ । रकम हस्तान्तरण कार्यक्रममा रुकुम पूर्व अस्पतालका प्रमुख डाक्टर कृष्ण खराल र समाजसेवी चन्द्र रसाइलीलगायतको उपस्थिति रहेको थियो । 

सहयाेगिदाताहरूको विवरणः

१. चन्द्र रसाइली – १,६१०
२. ध्रुव बिक – ३,०००
३. सञ्जिव खड्का – १,१११
४. वीरेन्द्र बुढा – ५,५६६
५. भरत रोका – १,५००
६. प्रेम कामी – १,०००
७. हिक्मत प्रोतेल – १,०००
८. प्रबिन सुनार – ५००
९. हेमन्त घर्ती – १,०००
१०. करुणा पुन मगर – १,५६५
११. बिशालराज भण्डारी – २,०००
१२. नविन कुमार रोका मगर – २२,६५०
१३. जन जागृति समूह, पुथा–४ अर्जल – १०,५००
१४. हिरलाल आचार्य – २,५००
१५. गजलकार (नाम नखुलाउने शर्त) – १,१११
१६. धनराज बिक – १,५००
१७. शक्ति खड्का – १०,५००
१८. इश्वर श्रेष्ठ – २,५००
१९. दिनेश ओली – २,५००
२०. बिनिता बिसी – १,००५
२१. प्रकाश मगर – २,०००
२२. डिल्ली खड्का – ३,०००
२३. नाम नखुलेको – ५,०००
२४. खुमानन्द पाण्डे – २,०००
२५. रुकुमकोट यातायात सेवा प्रा.लि. – ५,०००
२६. हर्कजित गुरुङ – २,०००
२७. शान्ति घर्ती, सञ्चालक (रियान्स स्केट पार्क, चिउरेनी) – ५,००० + १ थान मोबाइल सेट

८ कुल जम्मा रकमः ९८,६१८ रुपैयाँ
 

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update