१७ जनाको मृत्यु
रुकुम पुर्वबाट जलजला जाँदै गरेकाे जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको हो । प्रहरीले अहिलेसम्म १७ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जनाएको छ । लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।
जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३ १८:२६
प्रतिक्रिया दिनुहोस्







-1759842583.jpg)