Kakhara सबैको खबर सम्पूर्ण खबर
जलजला जिप दुर्घनाः मृतक सवैको पहिचान खुल्यो
शव संकलन गरिँदै ।

रुकुम पूर्वबाट रोल्पाको जलजला जादै गरेको  जिप दुर्घटनामा परी मृत्यु भएकाकोे पहिचान खुलेको छ । बिहीबार साँझ रुकुम पुर्वको रुकुमकोटबाट  रोल्पाको जलजला जाँदै गरेको जिप थवाङ गाउँपालिका १ जलजलामा दुर्घटना भएको हो । दुर्घटनामा परी २० जनाको घटनास्थलमै मृत्यु भएको थियो । भने एक जना घाइते भएका थिए ।

मृत्यु हुनेहरूमा रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर ५ टाकुराका ३२ वर्षीय गोर्ख विक, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीया सुदीप बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापाले  जानकारी दिनुभयो ।  उहाँका अनुसार मृत्यु हुनेमा सिस्ने गाउँपालिका वडा नम्बर ५ की ६० वर्षीया मीना कामी, ६० वर्षीया लक्ष्मी शाह, सोही स्थानकै २७ वर्षीया रुपमिना बस्नेत, रुकुम पूर्व भुमे गाउँपालिका वडा नम्बर ५ का टेक प्रसाद बस्नेत रहेका छन् । 

त्यस्तैगरी मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरका  ५४ वर्षीया दोरपती जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीया जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जीसी, ७ वर्षका संयोग जिसी, उमेर नखुलेका यमबहादुर जिसी र घोराही १३ का धनमाया बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । दाङकै शान्तिनगर गाउँपालिका घर भई हाल सिस्ने गाउँपालिका वडा ५ मा वस्ने सवारी चालक ४२ वर्षीय बेदु कामीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । जिपमा रहेका एक जना यात्रु रुकुमपूर्व सिस्ने गाउँपालिका ५ का ३२ वर्षीय समिर कामी भने छतबाट हाम फालेर घाइते भएका थिए  । उनी उचारपछी घर फर्किससेका छन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update