Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका यादव ६ दिन देखि भारतबाट सम्पर्क विहीन

रुकुम पश्चिमका यादव नेपाली भारतबाट ६ दिनदेखि सम्पर्क विहीन हुनुभएको छ । विगत १४ वर्ष देखि भारतको गढवालमा बस्दै आउनुभएका यादव गत आइतबार देखि बेपत्ता हुनुभएको हो । 

दाङमा रहेकी फुपूको मृत्यु भएपछि दाङ आउने भनेर गढवालबाट निस्किएका यादव बाटोबाट सम्पर्क विहीन भएको उहाँकी आमा बेलमता नेपालीले जानकारी दिनुभयो । 

उहाँका अनुसार यादवले आफू समस्यामा रहेको भन्दै आफन्तलाई फोन गरेको र फोन गर्दा गर्दै फोन कटेपछि उहाँ सम्पर्कमा हुनुहुन्न । खोजीका लागि सबैतिर प्रयास गरिएको भए पनि अहिलेसम्म छोराको बारेमा कुनै जानकारी प्राप्त हुन नसकेको आमा बेलमताले बताउनुभयो । 

छोराले आफ्नो फोन कसैले खोसेर लिएको भन्दै अन्य मोबाइलबाट सम्पर्क गरेको र त्यस क्रममा आफू समस्यामा रहेको बताएको उहाँले बताउनुभयो । यादव श्रीमती, २ छोरी र एक छोरा सहित भारतको गढवालमा बस्दै आउनुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update