Kakhara सबैको खबर सम्पूर्ण खबर
सहिद कामी बुढाको सम्झनामा स्मृति पार्क 
कामी बुढा स्मृति पार्क ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० खर्सुपानीमा निर्माण गरिएको कम्युनिस्ट आन्दोलनका प्रथम सहिद कामी बुढासहित अन्य सहिदहरुको सालिक अनावरण गरिएको छ । शनिबार एक कार्यक्रमका विच पूर्व प्रधानन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सालिक अनावरण गर्नुभएको हो । प्रण्डले सहिद कामी बुढासहित अन्य सहिदहरुको सालिकमा माला तथा अविर लगाएर सम्मान समेत गर्नुभएको थियो । 

कम्युनिस्ट आन्दोलनका प्रथम सहित बुढासहित वडाबाट सहिद भएका ९ जनाको सम्झनामा खर्सुपानीमा कामी बुढा स्मृति पार्क निर्माण गरिएको वडा अध्यक्ष धनबहादुर खड्का बसन्तले जानकारी दिनुभयो । उहाँका अनुसार सालिक निर्माणको काम सम्पन्न भएपनि पार्क निर्माण लगायतका काम गर्न बाँकी रहेको छ । सहिदको सम्मान तथा युवा पुस्ताको स्मरणको लागि सहिद पार्क निर्माण गरिएको उहाँको भनाई छ । 

कामी बुढाको सालिक अनावरण पछि कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका संयोजक प्रचण्डले सहिद कामी बुढा  कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भुमिका खेल्ने विशिष्ट व्यक्ति रहेको बताउनुभयो । नेपालमा जनक्रान्तिको तयारी गर्दा नेपालमा भएका वितरतापूर्ण आन्दोलन र आन्दोलनमा सहिदहरुले गरेका कर्महरुको अध्यन गरेर दस्तावेज तयार गरेकाे उल्लेख गर्दै कामी बुढा नेपाली कम्युनिस्ट आन्दोलनको प्रथम सहिद भएको समेत बताउनुयभो । नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्न नेताहरुले खेलको भुमिका पुष्पलाल देखि अन्य नेताकाको प्रभावले उहाँलाई कम्युनिस्ट आन्दोदन प्रति प्रभाव परेको प्रचण्डले बताउनुभयो ।

सहिद कामी बुढा आफ्नो सुख सुविधा छोडेर परिर्वतनको लागि आन्दोलनमा लाग्नुभयो, उहाँलाई कम्युनिस्ट आन्दोलनको सम्मानित र पहिलो सहिदको रुपमा सम्मान र्छौ, कम्युनिस्ट आन्दोलनको प्रेरणा उहाँ पनि हो प्रचण्डले भन्नुभयो । सहिद कामी बुढाको जन्मथलो पुग्दा ऐतिहासिक गौरव क्षणको महसुस भएको समेत उहाँको भनाई थियो । कामी बुढा पार्कलाई थप व्यवस्थित, त्यहासम्म पुग्न सडक स्तरउन्नती र पार्कलाई पर्यटन विकासको केन्द्र बनाउनुपर्ने बताउनुभएको थियो । त्यसको निम्ती आफुले सकेको सम्पुर्ण सहयोग गर्ने पतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेकपाका कर्णाली प्रदेश अध्यक्ष विमला केसी, जिल्ला इन्चार्ज बसन्तकुमार शर्मा, जिल्ला संयोजक गोविन्द रोका सचिन लगायत नेकपाका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । 

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update