रुकुम पश्चिमा लागूऔषध नियन्त्रण सम्बन्धी तीन महिने अभियान अन्तरर्गत मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको आयोजनामा यही वैशाख २९ गने मावि स्तरिय वतृmत्वकला प्रतियोगिता हुने भएको हो । प्रमुख जिलला अधिकारी दिनेशप्रसाद थानीले जारी गरको सूचनाअनुसार “लागूऔषधः जोखिम, प्रभाव र रोकथाम” विषयमा माध्यमिक तह कक्षा ९–१२ का विद्यार्थीहरूबीच प्रतियोगिता सञ्चालन गरिनेछ ।
कार्यक्रम लागूऔषध नियन्त्रणसम्बन्धी वार्षिक कार्ययोजना २०८२÷८३ अन्तर्गत उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । प्रतियोगिता आगामी वैशाख २९ गते बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा सञ्चालन हुनेछ । सहभागिताका लागि प्रत्येक स्थानीय तहबाट कम्तीमा एक जना छात्रासहित ३ जना विद्यार्थीलाई छनोट गरी पठाउन अनुरोध गरिएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्नलाई १० हजार, दोस्रो स्थान हासिल गर्नेलाई ७ हजार र तेस्रो स्थान हासिल गर्नेलाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
सहभागीहरूलाई आवत–जावतका लागि यातायात खर्च समेत उपलब्ध गराइने जिल्ला प्रशासन कार्यायल रुकुम पश्चिमले जनाएको छ । कार्यक्रममार्फत युवाहरूमा लागूऔषधको जोखिम, प्रभाव र रोकथामबारे सचेतना बढ्ने अपेक्षा गरिएको छ ।





-1759842583.jpg)