सल्यानको दार्मा गाउँपालिका वडा नम्बर २ भुसखोलामा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने दुई जना घाइते भएका छन् । आज दिउँसो साढे १ बजेको समयमा फारुल्लाचौरदेखि भुसखोला तर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर दुर्घटना भएको थियो ।दुर्घटनामा ट्याक्टर चालक दार्मा गाउँपालिका वडा नम्बर २ ग्वाजो कामीका १७ वर्षीय छोरा प्रदीप विक गम्भीर घाइते हुनुभएको थियो ।
तत्काल उपचारका लागि थुम्के सल्ली स्वास्थ्य चौकी लगिएकोमा चिकित्सकले प्रदिपलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परी दार्मा गाउँपालिका वडा नम्बर २ भुसखोलाका १७ वर्षीय टेकबहादुर विक सामान्य घाइते हुनुभएको छ । उहाँलाई शरीरका विभिन्न भागमा चोट लागेको र थुम्के सल्ली स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराइले जानकारी दिनुभयो ।
त्यस्तै, सोही स्थानका २२ वर्षीय विशाल विकको दाहिने हातमा चोट लागेको छ । विशालको अवस्था गम्भीर रहेको र थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो । ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएकाे हाे ।





-1759842583.jpg)