Kakhara सबैको खबर सम्पूर्ण खबर
एसईई नतिजा : रुकुम पश्चिममा झण्डै ८० प्रतिशत विद्यार्थी उर्तिण 
फाइल फाेटाे ।

माध्यमिक  शिक्षा परीक्षा(सएईई) मा रुकुम पश्चिमबाट झण्डै ८० प्रतिशत विद्यार्थी उर्तिण भएका छन् । सोबार राति राष्ट्रिय परीक्षा वोर्डले सार्वजतिक गरेको नतिजा अनुसार रुकुम पश्चिमबाट ७९ दशमलव ९० प्रतिशर्त अर्थात २ हजार ९ सय ४३ विद्यार्थी उर्तिण भएका हुन् । शिक्षा विकास तथा समन्यय इकाइ रुकुम पश्चिमका अनुसार साधारणतर्फ कुल ३ हजार ६८३ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये २ हजार ९४३ जना ग्रेडेड भएका छन् ।

यो कुल सहभागीको ७९.९० प्रतिशत हो । त्यस्तै ७४० जना विद्यार्थीको नतिजा नन् ग्रेड आएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार साधारणतर्फ २.८० देखि ३.२० जिपीएसम्म ल्याउने विद्यार्थी संख्या सबैभन्दा बढी रहेको छ । उक्त समूहमा १ हजार ३४९ विद्यार्थी रहेका छन् । त्यस्तै २.०० देखि २.४० जिपीए ल्याउने विद्यार्थी संख्या ३१, २.४० देखि २.८० जिपिएसम्म ल्याउने विद्यार्थीको संख्या ६ सय ७५, ३.२० देखि ३.६० जिपीए ल्याउने विद्यार्थी संख्या ७ सय १६ र ३.६० देखि ४.०० सम्म ल्याउने विद्यार्थीको संख्या १ सय ७२ रहेको इकाइ प्रमुख पुनले जानकारी दिनुभयो । जसमा ४  जिपिए ल्याउने दुई विद्यार्थी रहेका छन् । 

त्यसैगरी प्राविधिकतर्फ कुल ९७ विद्यार्थीमध्ये ५६ जना ग्रेडेड भएका छन् भने ४१ जनाको नतिजा नन् ग्रेड आएको छ ।  प्राविधिकतर्फ ३.२० देखि ३.६० जिपिए ल्याउने विद्यार्थीको संख्या ३१, ३.६० देखि ४.०० जिपिएसम्म ल्याउने विद्यार्थी संख्ण १८, २.८० देखि ३.२० जिपिएसम्म ल्याउने विद्यार्थीको संख्या ७  रहेको इकाइ प्रमुख पुनले जानकारी दिनुभयो । अघिल्लाे वर्षहरु भन्दा यस वर्षकाे एसईईको नतिजा सन्तोषजनक रहेको  शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पश्चिमले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update