Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा अटो व्यवसायी आन्दोलित, छलफलका लागि जिप्रका दुबै पक्षलाई ल्याइयो

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा अटो चालक माथि नगरप्रहरी द्धारा हातपात भएको भन्दै अटो व्यवसायिहरु आन्दोलित भएका छन् । अटो व्यवसायिलाई नगर प्रहरीले चेकचाँचको नाममा हातपात गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । अटो व्यवसायिहरुले आज विहानै देखि मुसिकोट नगरपालिका घेराउ, सडक अवरोध, लगायत नाराबाजि गर्दै सडकमा उत्रिएका थिए ।

अटो व्यवसायिहरुले नगर प्रहरीले हातपात गरेको भन्दै आन्दोलनमा उत्रिएको र थप घटनाको वास्तविकता बुझ्न दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । छलफल पछि वास्तविकता पत्ता लाग्ने त्यसपछि थप अनुसन्धाान हुने उहाँको भनाई छ । अहिले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय बोलाएको छ । विहानै देखि अटो व्यवसायि आन्दोलित हुँदा सडक समेत अवरोध भएको थियो । अहिले भने सडक सूचारु भइसकेको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update