रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा रहेको विजयश्वरी सेकेन्डरी इङलिस मिडियम बोर्डिङ स्कुलले एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयबाट परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण हुँदै शतप्रतिशत नतिजा ल्याउन सफल भएका हुन् । उक्त विद्यालयमा अध्यनरत विद्यार्थी मेन्डल पुनले ३.९६ जिपिएप्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयका प्रिन्सिपल जयबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालयबाट एसईई परीक्षमा सहभागि भएका २३ जना विद्यार्थीले ३ दशमलव ६० देखि ४ जिपिएसम्म र ६ जना विद्यार्थीले ३ दशमलव २० देखि ३ दशमलव ६० जिपिए ल्याएर उर्तिण भएका छन् । उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालयले बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ । विद्यालयको सफलतामा योगदान पु¥याउने सम्पूर्ण शिक्षकप्रति कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय शिक्षाका कारण जिल्लामै उत्कृष्ट नतिजा सम्भव भएको विद्यालयले जनाएको छ । त्यस्तै एसईई नतिजामा मुसिकोट ५ सेरिगाउँमा रहेको न्यू मुनलाइट सेकन्डरी बोर्डिङ स्कुलबाट पनि शतप्रतिशत विद्यार्थी उर्तिण भएका छन् ।
जिल्लाभरबाट अन्य विद्यालयबाट पनि शतप्रतिशत विद्यार्थी उर्तिण भएको र ती विद्यालयको विवरण संकलन भइरहेको शिक्षा विकास तथा समन्वय इकाइ रुकुकम पश्चिमले जनाएको छ ।






-1759842583.jpg)