रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्ब ७ राजकोटका स्वर्गीय दशरथ खड्काको १३ औँ वार्षिक पुण्य तिथिको अवसरमा बुद्धभूमि मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ । धार्मिक, सद्भावपूर्ण तथा सामाजिक भावनाले भरिपूर्ण व्यक्तित्वका रूपमा परिचित स्व.खड्काको स्मृतिमा दाल, चामल, तेल तथा फलफूललगायत सामग्री आश्रमलाई हस्तान्तरण गरिएको हो । स्व. खड्काले जीवनभर मानवता, आत्मीयता र सत्कर्मको मार्गमा हिँड्न प्रेरणा दिएको स्मरण गर्दै पुण्य तिथिको अवसरमा सहयोग गरिएको परिवारजनले जनाएको छ ।
हाल अमेरिकामा रहेका उहाँका कान्छा छोरा गोबिन्दराज खड्का तथा परिवार दाङमा रहेकाले स्व. खड्काका छोरा गोविन्दराजकाे इच्छाअनुसार सिटिजन लाइफ इन्स्योरेन्स खलंगा शाखाका प्रमुख कर्मा खड्का गौतममार्फत सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।








-1759842583.jpg)