Kakhara सबैको खबर सम्पूर्ण खबर
न्यु मुन लाइटका ४६ मध्ये ४२ विद्यार्थीद्वारा ए प्लस र ४ जना ए ग्रेडमा उत्तीर्ण

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ को शेरिगाउँमा रहेको न्यु मुन लाइट बोर्डिङ स्कुलले माध्यमिक शिक्षा परीक्षा एसइई २०८२ मा शतप्रतिशत नतिजा हासिल गरेको छ । उक्त विद्यालयबाट सहभागी सबै विद्यार्थीहरू ग्रेडेट भएका छन् । विद्यालयका अनुसार राम्रो जिपीएमा सबै विद्यार्थी सफल भएको र शतप्रतिशत नतिजा प्राप्त भएको छ । 

विद्यालयबाट कुल ४६ जना विद्यार्थी एसइईमा सहभागी बनेका थिए । जसमा ४२ जनाले ए प्लस ग्रेड ल्याएको विद्यालयका प्रिन्सिपल खड्क कँवरले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी ४ जना विद्यार्थीहरू भने ए ग्रेडमा उत्तीर्ण भएका छन् । विद्यालयका तर्फबाट दीपिका देवकोटा र एन्जलसिंह विष्टले समान ३.९६ जिपिए सहित उत्कृष्ट अङ्क प्राप्त गरेको कँवरले बताउनुभयो । 

अन्य विद्यार्थीहरूले पनि राम्रो जिपिएमा एसइई उत्तीर्ण गरेको उहाँले बताउनुभयो । यस वर्ष विद्यालयका विद्यार्थीले जिल्लामै सबैभन्दा बढी ए प्लस  प्राप्त गरेको उहाँको भनाई छ । आफ्नो स्कुलले जिल्लाको शैक्षिक गुणस्तर वृद्धिमा महत्त्वपूर्ण योगदान गर्दै आइरहेको भन्दै यस वर्ष प्राप्त शतप्रतिशत नतिजाले विद्यालयलाई जिल्लामा अब्बल साबित गर्न सफल भएको उहाँको भनाई छ । यस विद्यालयमा कक्षा १२ सम्म पढाई भइरहेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update