रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ टुराकी २४ बर्सिया हिमा ओलीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । सङ्कलन गरी अमेरिकाबाट पठाइएको सहयोग रकम सोमबार ओलीलाई हस्तान्तरण गरिएको हो ।
सानीभेरी गाउँपालिका वडा नम्बर ६ छहरा घर भई हाल अमेरिकामा रहनुभएका मनराज देवकोटाले आफ्नो पहलमा १ लाख ९१ हजार ९ सय २५ रुपैयाँ रकम सङ्कलन गरेर पठाउनुभएको थियो । उक्त रकम पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपालप्रसाद रेग्मी, पत्रकारहरू देवकुमार ओली, नारायण ओली र मनिष खड्का मार्फत ओलीलाई हस्तान्तरण गरिएको हो ।
मनराजकै पहलमा ओलीलाई उद्धार गरेर नेपाल ल्याइएको थियो । वैदेशिक रोजगारीका लागि कुवेत गएकी ओली बिरामी परेर अलपत्र पर्नुभएको थियो । करिब १ वर्ष कुवेतमा बसेकी ओली पेटसम्बन्धी समस्याका कारण थलिएपछि कुवेतमा अलपत्र पर्नुभएको थियो । यसबारेमा जानकारी प्राप्त भएपछि देवकोटाले आफ्नै लगानीमा उहाँलाई नेपाल फर्काउनुभएको थियो ।
त्यस क्रममा उहाँले टिकट खर्चका लागि १ लाख २० हजार रकम सहयोग गर्नुभएको थियो । ओली अझै पनि पूर्ण रूपमा निको नभएको र उपचार गराइरहेकोले उपचारमा सहयोग पुगोस् भनेर साथीभाइबाट सङ्कलन गरेर सहयोग रकम पठाइएको देवकोटाले बताउनुभयो । सानो सहयोगले ओलीको ज्यान जोगियोस् भनेर सहयोग रकम पठाएको उहाँले बताउनुभयो ।
सहयोग रकम ग्रहण गर्दै ओलीले सहयोगका लागि मनराज सहित अन्य सहयोगीहरूलाई धन्यवाद दिनुभयो । यो रकमले आफ्नो उपचारमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । अहिले आफ्नो काठमाडौँको एक अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
हिमा ओली बचाउ अभियान (USA)
"सहयोगी मनहरूको नामावली"
१. चन्द्र ओली (सानीभेरी ८) — $50✅
२-दिपेश ओलि (सानिभेरि ७)-$100✅
३-बिजय ओलि (सानिभेरि १०)- $55✅
४- हरि ओलि ( सानिभेरि ७)- $50✅
५- पारस खडका( सानिभेरि ८)-$50✅
६- ओ म प्रकाश ओलि (,,,,)- $50✅
७- कमल बिसि (रिम्ना ) -$22✅
८-बिबेक गौतम खत्री ( सानिभेरि ४) $100✅
९- बिक्रम ओलि (सानिभेरि ३)-$50✅
१०- शुसिल केसि - $50✅
११ मनोज ओलि (सानिभेरि ३)-$50✅
१२ खिम ब ओलि( सानिभेरी ९)-$50✅
१३ दिर्घ बुढाथोकि (चटान ) (सानिभेरि ४)- $100✅
१४ रमेश कुसारि (सानिभेरि ६) - $50✅
१५ लोकेन्द्र प्र ओलि ( सानिभेरि ३ ) $50✅
१६ सन्जाल ओलि (सानिभेरि ४)$100✅
१७- गिता ओलि शाहि ( आठबिसकोट) - $100✅
१८- हरि खत्री $50 ✅
१९- गोपाल बिस्ट सानिभेरि ३ $51✅
२०-RC खडका (सानिभेरि ११)$100✅


1686475760.jpg)


-1759842583.jpg)