Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा नयाँ प्रमुख जिल्ला अधिकारी निशानराज गौतम 
प्रजिअ गाैतम ।

रुकुम पश्चिमको प्रमुख जिल्ला अधिकारीको रूपमा निशानराज गौतम आउनुभएको छ । उहाँ गृह मन्त्रालयबाट सरुवा भई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम आउनुभएको हो । रुकुम पश्चिममा रहनुभएका प्रमुख जिल्ला अधिकारी  दिनेशप्रसाद थानीलाई भने गृह मन्त्रालय तानिएको छ ।

प्रमुख जिल्ला अधिकारीको कार्यकाल १ वर्ष हुने भए पनि उहाँको १ वर्ष नहुँदै सरुवा भएको हो । उहाँ गत भदौमा प्रमुख जिल्ला अधिकारीको रूपमा आउनुभएको थियो । पछिल्लो समय भूकम्पपछिको विस्तृत क्षति आकलन, पुनः निर्माण लगायतका विषयमा प्रमुख जिल्ला अधिकारी नै गैर जिम्मेवार बनेकाले काम अगाडी बढ्न नसकेको भन्दै स्थानीय तहका जनप्रतिनिधिहरूले थानीको आलोचना गर्दै आएका थिए । 

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update