रुकुम पश्चिमका एक युवक छिमेकी देश भारतबाट सम्पर्क विहीन भएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका ६ बाँठाकोटका २९ वर्षीय यदु ओली परिवार तथा आफन्तको सम्पर्कमा नरहेको पारिवारिक स्रोतले जनाएको छ । यदु गत वैशाख १४ गत्ते रोजगारीको लागि भारतको गौरीकुन्ड जानुभएको थियो । त्यहाँ पुगेर परिवारको सम्पर्कमै रहेका र काम लाग्नुभएका उहाँ त्यहाँबाट पनि अझ राम्रो कामको खोजी गर्ने भन्दै वैशाख १८ गत्ते भारतकै सिम्ला जिल्लाको ठियोग स्थित सैँच भन्ने ठाउँमा जानुभएको थियो ।
उहाँले त्यहाँ स्थानीय व्यवसायीको घरमा पुगेर काम लागेको परिवारलाई जानकारी गराउनुभएको थियो । उक्त व्यवसायीले पनि यदु आफ्नो घरमा १, २ दिन काममा लागेको बताएका छन् । तर यदु सैंच नजिकै लागेको स्थानीय मेला हेर्न गएको र मेलाबाट नफर्किएको, फोन गर्दा बन्द रहेको तथा झोला र कपडा भने कोठामै रहेको परिवारजनले बताएका छन् । यदु सम्पर्क विहीन भएपछि उहाँकी श्रीमती खोजीको लागि अहिले भारत पुगेकी छन् ।
यदु रहेको भनिएको ठाउँ र आसपासका क्षत्रमा खोजी कार्य गर्दा समेत श्रीमान् नभेटिएपछि श्रीमानको खोजी गरिदिन श्रीमती गीता खत्री ओलीले स्थानीय प्रशासन र आफन्तहरूमा आग्रह गर्नुभएको छ । यदुलाई फेला पार्नुहुनेले भारतमा रहेकी श्रीमतीको मोबाइल नम्बर +918278719101 मा सम्पर्क गरिदिन र नेपालमा रहेकी यदुकी आमाको मोबाइल नम्बर+9779822953723 सम्पर्क गर्न उहाँले आग्रह गर्नुभएको छ ।







-1759842583.jpg)