कर्णाली प्रदेश फुटबल सङ्घको आयोजनामा सञ्चालन आजबाट हुने “प्रथम मेयर कप २०८३” कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिताका लागि रुकुम पश्चिमको टोली सुर्खेत पुगेको छ । जिल्ला फुटबल सङ्घ तदर्थ समिति रुकुम पश्चिमले प्रतियोगिताको लागी सहभागी हुने खेलाडी छनोट गरेको थियो ।
उक्त टोली हिजाे सुर्खेत पुगेकाे हो । प्रतियोगिता कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज देखि १९ गतेसम्म सञ्चालन हुने छ । जसका लागि १८ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापक सहितको टोली सुर्खेत गएको सङ्घले जनाएको छ ।
खेलाडीहरूमा अनिल थापा, सन्तोष पोखरेल, कमल बुढाथोकी, सन्तोष केसी, शीतल विक, राजेन्द्र खड्का, वसन्त विष्ट, कमल विक, मुकेश गौतम रहेका छन् । त्यस्तै टोलीमा प्रभात गिरी, जुन खड्का, प्रकाश कार्की, डिल्ली प्रसाद शर्मा, टाइसन बोहरा, विकास विष्ट, निराजन केसी, पुजन सुनार र रमेश बोहरा पनि छन् ।
प्रशिक्षकमा भागिराम बोहरा तथा व्यवस्थापकमा विष्णु रेउले रहेका छन् । प्रतियोगितामा प्रदेशका ७ जिल्लाका विभिन्न फुटबल टाेलीले प्रतिस्पर्धा गर्ने छन् । रुकुम पश्चिमले पहिलाे खेल भाेली सुर्खेतकाे एक क्लबसँग खेल्ने छ । प्रतियाेगिता नकआउट सिष्टममा रहेकाे छ ।






-1759842583.jpg)