Kakhara सबैको खबर सम्पूर्ण खबर
जुम्ल्याहा शिशुसहित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार 

रुकुम पश्चिमबाट एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१४ की सुसिला रोकालाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत पठाइएको हो । रोकाले आज जिल्ला अस्पताल सल्लेमा जुम्ल्याहा शिशुलाई जन्म दिनुभएको थियो । 

सुत्केरी आमा तथा नवजात शिशुहरूको स्वास्थ्य अवस्थामा जटिलता देखिएपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चिकित्सकको सिफारिस अनुसार रोकालाई प्रादेशिक अस्पताल, वीरेन्द्रनगर सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालको समन्वय तथा राष्ट्रपती महिला उत्थान कार्यक्रम मार्फत सल्ले विमानस्थलबाट हेलिकप्टरमार्फत सुत्केरी आमा र जुम्ल्याहा शिशुलाई सुर्खेत लगिएको छ । समयमै हवाई उद्धारको व्यवस्था भएपछि आमा र शिशुहरूको उपचार सहज भएकाे परिवारले  जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update