रुकुम पश्चिमको सिम्रुतुमा ट्रक दुर्घटना भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतु बजारमा अनियन्त्रित भएर ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ ।
आज बिहान ६ः३० बजेको समयमा राप्ती राजमार्गमा दाङबाट छिन्खेत तर्फ सिमेन्ट लिएर आउँदै गरेको ना ७ ख २५८३ नम्बरको ट्रक एक्कासि अनियन्त्रित भई सडक देखी अं.२ मिटर तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
दुर्घटनामा चालक जिल्ला सल्यान सिद्दकुमाख गाउँपालिका १ का ३६ वर्षीय जयलाल बस्नेत र सह चालक सल्यान छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय दीपक ओली सामान्य घाइते हुनुभएको छ ।
दुवै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यो स्थानमा धेरै पटक दुर्घटना भइसकेको छ ।





-1759842583.jpg)