मृत
मुसिकोटमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ थोक्रेखोरमा एक युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । बिहीबार राति करिब ११ बजे ३२ वर्षीय अभिषेक ओली आफ्नै घरको भान्सा कोठामा मृत फेला परेका हुन् । ओली प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको बताइएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीको सुझाव
यदि तपाईं वा तपाईंको चिनजानमा कसैलाई आत्महत्यासम्बन्धी सोच, मानसिक तनाव वा निराशा भइरहेको छ भने परिवार, साथीभाइ, स्वास्थ्यकर्मी वा सम्बन्धित सहायता सेवासँग तत्काल सम्पर्क गर्नुहोस्।
प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३ १०:४८
प्रतिक्रिया दिनुहोस्


1686475760.jpg)


-1759842583.jpg)