रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर २ निवासी सुत्केरी प्यारी पुनलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो । आज चौरजहारी नगर अस्पतालमा आकस्मिक शल्यक्रिया (इमर्जेन्सी अपरेशन) पश्चात् पुनको स्वास्थ्य अवस्था जटिल बनेको र अत्यधिक रक्तस्राव भएपछि थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिनुभयो ।
चिकित्सको सल्लाह अनुसार स्वास्थ्य अवस्था थप जोखिमपूर्ण बन्दै गएपछि पुनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको उहाँले बताउनुभयो । राष्ट्रपती महिला उत्थान कार्यक्रम अन्तरर्गत हेलिकोप्टरको व्यवस्था गरी पुनलाई तत्काल सुर्खेत पठाइएकाे हो । दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँचको चुनौतीका बीच समयमै हवाई उद्धार हुनुले बिरामीको उपचारमा महत्वपूर्ण सहयोग पुगेको परिवारको भनाइ छ ।







-1759842583.jpg)