रुकुम पश्चिमबाट एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१३ निवासी अनिता सुनारको बुधबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दार गरिएको हो । समयअघि (२५–२६ हप्ताको गर्भावस्थामा) ७ सय ग्राम तौलको छोरालाई जन्म दिएपछि शिशुको स्वास्थ्य अवस्था गम्भीर बनेपछी आमा र शिशुको हेलिकप्टर मार्फत उद्दार गरेर प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिनुभयो ।
श्वासप्रश्वास समस्या देखिएकाले तत्काल नवजात सघन उपचार कक्ष (एनशियु) मा राखेर उपचार गर्नुपर्ने भएकाले प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको बताएको छ । जिल्ला अस्पताल सल्लेमा आवश्यक सघन उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत हेलिकोप्टरको व्यवस्था गरी सुत्केरी महिला र शिशुको उद्दार गरिएको हो ।
आर्थिक अवस्था कमजोर रहेको जानकारीसमेत प्राप्त भएपछि हेलिकोप्टरमार्फत सुत्केरी आमा र नवजात शिशुको कर्णाली प्रदेश अस्पताल, सुर्खेत पठाएको प्रजिअ गौतमले जानकारी दिनुभयो । जीवन रक्षाका लागि आपत्कालीन हेलिकोप्टर उद्धारले दुर्गम क्षेत्रमा गम्भीर बिरामी तथा नवजात शिशुको उपचारमा महत्त्वपूर्ण सहयोग पुगेको परिवारले जनाएको छ ।







-1759842583.jpg)