जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले एक थान भरुवा बन्दुक बरामद गरेको छ । मुसिकोट नगरपालिका वडा नम्बर ७ बैरीदह चयरीपानी सामुदायिक बनमा लुकाएर राखिएको अवैध भरुवा बन्दुक बरामद गरिएको हो ।
ढुङ्गाको ओडार भित्र लुकाएर राखिएको बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी झबिन्द्र परियारले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बन्दुक काठको बट देखि नालको टुप्पो (फल्यास हाईडर) सम्मको ४ फिट ६ इन्च लामो रहेको छ ।
भरुवा बन्दुक बेवारिसे लुकाई छिपाई राखेको अवस्थामा यस जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरेको र उक्त बन्दुक जिल्ला प्रहरी कार्यालयमा राखिएको उहाँले बताउनुभयो । उक्त बेवारिसे भरुवा बन्दुकका सम्बन्धमा थप अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक परियारले जानकारी गराउनुभयो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पछिल्लो समय अवैध भरुवा बन्दुक बरामद गरिरहेको छ । तर उक्त बन्दुक कसका हुन भनेर पत्ता लाग्न सकेको छैन । प्रहरीले कुनै पनि व्यक्तिलाई भने पक्राउ गर्न सकेको छैन ।






-1759842583.jpg)