Kakhara सबैको खबर सम्पूर्ण खबर
ठाराकुला गौतम परिवारको भेला सम्पन्न

रुकुम पश्चिमको मुसिकोट नगरपालिका, ४–सोलाबाङमा ठाराकुला गौतम परिवारको तेस्रो भेला एवं  पुनर्मिलन  कार्यक्रम सम्पन्न भएको छ । लोकबहादुर खत्री गौतमको अध्यक्षतामा भएको कार्यक्रममा समाजका अध्यक्ष देवीलाल गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै जेष्ठ नागरिक विष्णु खत्री गौतम र जेष्ट सदस्य बुद्धिराज गौतम, वसन्त गौतम, रामलाल गौतम लगायतको आतिथ्यता रहेको थियो । आफ्ना कुल भित्र परिचय, भ्रातृत्व तथा  एक आपसमा सहयोगी  भावना जागृत गराउने कार्यक्रमको मूल उद्देश्य रहेको वक्ताहरूले बताएका थिए । 

भेलामा ज्येष्ठ नागरिक विष्णु खत्री गौतमलाई  दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । भेलाले श्रावण १२ गतेको कुल पूजामा एकरूपता  ल्याउने, अर्को भेला खलङ्गामा रमेश गौतमको घरमा भाद्र ६ गते शनिवार गर्ने र केही पुरस्कार स्थापना गर्ने, ठाराकुला गौतम परिवारको वंशावली तयार पार्ने तथा यस परिवार भित्रको जनशक्तिको लगत तयार पार्ने पनि निर्णय गरेको छ । 

यस प्रकारका कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्ने निर्णय सहित भेला सकिएको अध्यक्षता गर्नुभएका लोकबहादुर खत्री गौतमले   जानकारी गराउनुभयो ।

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update