रुकुम पूर्वकाे काेल केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प गयाे
रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लामा समेत महसुस भएको जनाइएको छ ।
रुकुम पश्चिम, राेल्पा, अर्घाखाँची, दाङ लगायत आसपासका जिल्लाका स्थानीयहरूले कडा धक्का महसुस भएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ३, २०८३ १७:१२
प्रतिक्रिया दिनुहोस्






-1759842583.jpg)