Kakhara सबैको खबर सम्पूर्ण खबर
जन्मदिनको अवसरमा शिक्षिकाद्वारा विद्यालयलाई सहयोग 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४ सोलावाङमा रहेको बाल कल्याण माविकी शिक्षिकाले विद्यालयलाई विभिन्न सहयोग गर्नुभएको छ । उहाँले आफ्नो जन्मदिनको अवसरमा आफै अध्यापनरत विद्यालयलाई सहयोग गर्नुभएको हो । 

उहाँले आज विद्यालयलाई नगद ३० हजार हजार १ सय ५ रुपैयाँ सहित ३० लिटरको खानेपानीको फिल्टर र शिक्षक विद्यार्थीहरूको स्वास्थ्य परीक्षणका लागि ब्लड प्रेसर चेक गर्ने मेसिन सहयोग गर्नुभयो । जन्मदिनको असरमा विद्यालयलाई सेवा भावले सहयोग गरिएको शिक्षिका शर्माले बताउनुभयो । 

विद्यालयको शैक्षिक विकासका लागि सहयोग गरेको उहाँको भनाई छ । आर्थिक सहयोगले विद्यालय व्यवस्थापनमा टेवा पुग्ने, फिल्टरले विद्यार्थी तथा शिक्षकहरूलाई स्वच्छ खानेपानीको सेवा दिने र ब्लड प्रेसर मेशिनले शिक्षक तथा विद्यार्थीहरूको स्वास्थ्य जाँचमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने उहाँको विश्वास छ । 

नगद तथा सामग्री उहाँले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घमन्डबहादुर खड्कालाई हस्तान्तरण गर्नुभयो । जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग गर्ने शिक्षिका शर्मालाई विद्यालयले धन्यवाद ज्ञापन गरेको छ । शिक्षिका शर्मा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकराम शर्माकी पत्नी हुनुहुन्छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update