Kakhara सबैको खबर सम्पूर्ण खबर
यस्तो बन्यो रुकुम पश्चिमको पुरुष फुटबल टिम 

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि रुकुम पश्चिमको पुरुष तथा महिला फुटबल टिम छनोट गरिएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १३ को छिवाङ खेल मैदानमा भएको छनोटबाट खेलाडी छनोट गरिएको हो । 

अब यो टिम कर्णाली प्रदेश छनोट खेल्न सुर्खेतको वीरेन्द्रनगर जाने छ । टोली असोज २६ गते प्रदेश राजधानी जाने जिल्ला फुटबल संघ तदर्थ समितिका अध्यक्ष ध्रुब खड्काले जानकारी दिनुभयो । यो संगै जिल्लामा पहिलो पटक महिला फुटबल टिम बनेको हो ।

यस्तो बन्यो पुरुष टिम 
प्रदेश छनोटका लागि १८ सदस्यीय पुरुष टोलीको घोषणा गरिएको छ । जसमा कविराज केसी, अनोज खड्का, मनोज सुनार, केशव सुनार, पूजन सुनार, डिभिजन पुन मगर, प्रभात गिरी, सञ्जित विक, सुशासन बोहरा र धिरेन्द्र राना रहनुभएको छ । 

त्यस्तै कमल विक, रोशन परियार, विजय पाण्डे, विनायक घर्ती, दीपेश मल्ल, राजकुमार खड्का, दीक्षान्त गोसाईं र विकास खड्का पनि टिममा पर्नुभएको छ । टिमको मुख्य प्रशिक्षकमा भागिराम बोहरा रहनुभएको छ ।

महिला टिम 
महिला तर्फ पनि १८ सदस्यीय टोली छनोट गरिएको छ । टोलीमा सञ्जिता पुन मगर, प्रतीक्षा ओली, रितु बुढा, कोपिला ओली, भुपेन्द्रा ओली, विमला गिरी, चेतना ओली, लक्ष्मी ददेल र दुर्गा केसी रहेकी छन् । 

त्यस्तै दिलमाया ददेल, सपना विक, आकृति पुन, विमला खड्का, मेनुका चन्द, दिपा ओली, आयुषा विष्ट, सुशीला खड्का र कविता ओली पनि छनोटमा परेकी छन् । 
 

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update