Top Navigation
आइतबार, चैत १९, २०७९ ०१:५३:३८
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, चैत १९, २०७९ ०१:५३:३८
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #मुसिकाेट
  • #आराेप
  • #स्वेच्छाचारी
Search Here
स्थानीय तह निर्वाचन २०७९
  • Home
  • स्थानीय तह निर्वाचन २०७९
  • हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका कुशल
हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका कुशल ६ कक्षा देखि राजनीतिमा
कखरा संवाददाता
कखरा संवाददाता बुधबार, वैशाख २१, २०७९

वसन्तकुमार शर्मा बढी कुशल चिरपरिचित हुनुहुन्छ । दश वर्षे जनयुद्धका क्रममा पार्टीले टेक नाम हो कुशल । पार्टीले जनयुद्धमा हिंडेका सबैको टेक नाम दिन्थ्यो । त्यही बेला वसन्तकुमार शर्माले कुशल नाम प्राप्त गर्नुभयो । पार्टी भित्र र बाहिर वसन्त भन्दा धेरै कुशलले चिनिनुहुन्छ उहाँ । नाम जस्तै जिम्मेवारीप्रतिको बोधका साथ उहाँले हरेक जिम्मेवारी कुशलतापुर्वक सम्पन्न गर्दै आउनु भएको छ । ४७ वर्षीय कुशल यस पटक अर्को जिम्मेवारीका लागि अभियानमा हुनुहुन्छ । राजनीतिक सुरु गरेको ३७ वर्षमा पार्टी संगठनको निर्णय अनुसार नै कुशल यस पटक चुनावी अभियानमा हुनुहुन्छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले उहाँलाई मुसीकोट नगर प्रमुखको उम्मेदवारमा अघि सारेको छ । उहाँ चुनाव प्रचार प्रसारमा व्यस्त हुनुहुन्छ । 

६ कक्षा देखि राजनीतिमा
रुँघाको दिव्यचच्छु निमाविमा अध्ययन गर्दै गर्दा उहाँ राजनीतिमा लाग्नुभएको हो । २०४२ सालमा उहाँ कक्षा ६ मा पढ्नुहुन्थ्यो । त्यहिबेला उहाँ विद्यार्थी संगठनमा आवद्ध हुनुभयो । २०४४ सालमा उहाँ त्रिवेणी माध्यामिक विद्यालय सिम्रुतुमा पढ्नुहुन्थ्यो । तत्कालिन अनेरास्ववियूको विद्यालय इकाई अध्यक्ष हुँदादेखि नै उहाँले आफूलाई संगठनको कामकाजमा लगाउनुभयो । २०४५ सालदेखि २०४६ सालसम्म पञ्चाय विरोधी आन्दोलनमा वसन्तको सक्रिय सहभागिता रह्यो । कालो झण्डा देखाउने, पर्चा र पोष्टर टाँस्ने, नाराबाजी र मसाल जुलुसमा सहभागि भएर उहाँले पञ्चायत विरोधी आन्दोलनमा सभागि हुनुभयो । २०४७ सालमा उहाँले नेकपा मोटो मशालको पार्टी सदस्यता प्राप्त गर्नुभयो । २०४८ सालमा अनेरास्ववियूको जिल्ला समिति सदस्य तथा सोही वर्ष नेकपा मशालको यरीय समितिमा रहेर काम गर्नुभयो । २०४९ सालमा विद्यार्थीको जिल्ला सचिव हुनु भएका उहाँ २०५० देखि २०५२ सालसम्म विद्यार्थीको जिल्ला संयोजक भएर उक्त भूमिका कुशलतापूर्वक निर्वाह गर्नुभयो । 

२०५२ सालको माघ २७ गते उहाँ पूर्णकालिन हुनुभयो । माओवादीले थालनी गर्ने जनयुद्धको तयारीका लागि उहाँले घर, परिवार छाड्नुभएको थियो । पूर्णकालिन हुन वित्तिकै उहाँलाई खलंगा यरीको स्वयमसेवक दलको कमाण्डरको जिम्मेवारी पार्टीले दिएको थियो । त्यतिबेला मसाल जुलुस गर्ने, माइकिङ, गर्ने, पर्चा र पोष्टरिङ गर्ने जिम्मा उहाँकै थियो । सदरमुकाम क्षेत्रमा उहाँले यो भूमिका पनि कुशलतापूर्वक नै निर्वाह गनुभयो । २०५३ सालमा उहाँलाई पार्टीले जिल्ला समिति सदस्य बनायो । त्यतिबेला उहाँले बाँफिकोट यरीया इन्चार्ज र छामार दलको कमिसार भएर पनि काम गर्नुभयो । त्यतिबेलाका पार्टीका सम्पूर्ण कामकारबाही पनि उहाँले पूर्ण सफलता हाँसिल गर्नुभयो ।

२०५६ सालमा माओवादीले भारतमा पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन भयो । २०५७ सालमा उहाँलाई पार्टीले रुकुम जिला सेक्रेटरीको जिम्मेवारी दियो । रुकुम जिल्लाको सेक्रेटरीको जिम्मेवारी कुशलतापूर्व निर्वाह गरेका वसन्त २०५८ मा जिल्ला इन्चार्ज हुनुभयो । २०५९ मा उहाँलाई पार्टीले विशेष जिल्ला इन्चार्जमा खटायो । जनयुद्धका क्रममा माओवादीले रोल्पा र रुकुमका केही गाविस मिसाएर विशेष जिल्ला घोषणा गरेको थियो । २ वर्ष त्यसको इन्चार्जसिप गरेको वसन्त २०६१ सालमा गण्डक क्षेत्रमा सरुवा भएर जानुभयो । गण्डक क्षेत्रको पाल्पा इन्चार्ज भएर काम गर्नुभएका २०६२ मा अर्घाखाँची जिल्लाको इन्चार्ज हुनुभयो । २०६४ सालदेखि २०७४ सालसम्म उहाँ फेरि पाल्पा इन्चार्ज हुनुभयो । २०६९ सालदेखि पार्टीको केन्द्रीय सदस्य हुनु भएका उहाँ हालसम्म पनि पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ पछिल्लो समय रुकुम पश्चिम जिल्लाको इन्चार्ज भएर खटिरहनु भएको छ । 

व्यवस्था विरोधी चेत
सानै उमेरमा समाजमा भइरहेको थिचोमिचो बुझेका वसन्तले त्यसको प्रतिवाद गर्नु थाल्नुभएको थियो । पढ्दै गर्दा पञ्चायती व्यवस्था जनताको व्यवस्था होइन भनेर उहाँले बुझ्नुभयो । त्यही बुझाईका आधारमा उहाँमा पलाएको विद्रोही चेतले संगठनमा आवद्ध हुने वातावरण बन्यो । आफूलाई पढाउने जितबहादुर शाह लगायतका शिक्षकहरुको स्कुलिङले पनि संगठनमा बढी आकर्षण गरेको बुझाई उहाँको छ । पञ्चायती व्यवस्थामा जनताले व्यहोरेको सास्ती, दुःख र विभेद अन्त्यका लागि विद्रोह नै विकल्प बुझेका वसन्त अन्तत जनता, देशका लागि विद्रोह गरेर जनयुद्धमा होमिनुभएको थियो । २०४२ सालदेखि नै उहाँ निरन्तर विना कुनै स्वार्थ राजनीति सेवामा हुनुहुन्छ । केही पाउने भन्दा पनि व्यवस्था बदल्नका लागि भित्रैबाट पलाएको चेतले सेवामै रहनका लागि प्रेरणा पाइएको शर्माले बताउनुभयो । ‘यो बेलासम्म केही पाउन र लिनका लागि केही गरिएन,’ उहाँले भन्नुभयो, ‘पार्टीले दिएको जिम्मेवारीमै रहेर काम गर्दै आएको कुरा सर्वत्र सबैलाई थाहा नै छ ।’

संविधान र संघीयताको संस्थागत विकास
उहाँलाई माओवादीले मुसीकोट नगरप्रमुखको उम्मेदवार बनाएको छ । यसमा पार्टीको सर्वसम्मत निर्णयको सम्मान गर्दै उहाँ चुनाव लक्षित प्रचार प्रसारमा व्यस्त हुनुहुन्छ । ‘पार्टीले गरेको निर्णयका कारण म पार्टीका पक्षमा मत माग्न हिडिरहेको छु, भेटघाट, छलफल जारी छ,’ उहाँले भन्नुभयो, ‘चुनावी अभियानबाट जनता, मतदाता उत्साहित पाएको छु, हाम्रो पार्टी पनि उत्साहित नै छ ।’ उहाँले माओवादी र माओवादीले सञ्चालन गरेको जनयुद्धको जगमा बनेको संघीयताको संस्थागत विकास, भौतिक पूर्वाधार र अरु मानविय विकासका लागि विभिन्न योजना अघि सारेर अघि बढेको बताउनुभयो । आफ्नो उम्मेदवारी प्राप्त उपलब्धिको संस्थागत विकास, भौतिक पूर्वाधार, मानविय विकासमा जोड, आर्थिक समृद्धिका लागि भएको बताउनुभयो । आर्थिक समृद्धि तथा सामाजिक साँस्कृतिक रुपान्तरण अभियान लक्षित चुनावी प्रचार प्रसार भइरहेको उहाँले बताउनुभयो ।

सबैलाई आर्थिक समृद्धिमा लैजानका लागि आर्थिक स्रोत व्यवस्थापनका लागि पार्टीले अघि सारेको योजना सहित पार्टीका अरु सबै उम्मेदवार सहित आफू पनि प्रचारमा रहेको उहाँको भनाई छ । ५ वर्षसम्म नगरपालिकाले खडा गरेको जगलाई थप व्यवस्थित गर्ने योजना आफूहरुसित रहेकैले पनि माओवादी सहित गठबन्धनको विकल्प नभएको शर्माले बताउनुभयो । ‘हाम्रै पार्टीको नेतृत्वको टोलीले नगरपालिकाको विकासमा पहिलो ५ वर्षमा आधारभुत काम गरिसकेको छ, अब यसलाई बढाउनु छ, दिगो बनाउनु छ यसैले पनि माओवादीको विकल्प छैन,’ शर्माले भन्नुभयो, ‘मतदाताको उत्साहबाट त्यो प्रष्ट भइसकेको छ ।’ स्थानीय स्रोत साधनका साथ प्रदेश संघ सरकारसँगको विशेष सहयोगमा नगरलाई उत्कृष्ठ र नमूना बनाउने काममा आफूले कुनै कसर बाँकी नराख्ने र त्यसको आधार स्वरुप घोषणा पत्र बनाएर प्रचारमा हिडेका वसन्तले बताउनुभयो । 
 


प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १३:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्