Top Navigation
आइतबार, चैत १९, २०७९ ०२:०९:४२
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, चैत १९, २०७९ ०२:०९:४२
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #मुसिकाेट
  • #आराेप
  • #स्वेच्छाचारी
Search Here
स्थानीय तह निर्वाचन २०७९
  • Home
  • स्थानीय तह निर्वाचन २०७९
  • मेयर पदका ‘कान्छा’ उम्मेदवार रवि
मेयर पदका ‘कान्छा’ उम्मेदवार रवि पार्टीले पत्याएका युवा ।
कखरा संवाददाता
कखरा संवाददाता आइतबार, वैशाख २५, २०७९

रवि केसी उमेरले ३२ वर्षको हुनुभयो । आठबीसकोट नगरपालिका ९ नम्बर वडाका स्थायी बासिन्दा केसी सोही नगरको नगरप्रमुखको दौडमा हुनुहुन्छ । नेकपा माओवादी केन्द्रले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट केसीलाई नै नगरप्रमुखको उम्मेदवार बनाएको छ । २०४६ सालको फागुन ४ गते जन्मिएका केसी सम्भव त कर्णाली प्रदेशमा नगर प्रमुखको उम्मेदवारमा सबभन्दा कान्छा हुनुहुन्छ । पार्टीले सर्वसम्मत केसीलाई नगरप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यसपछि रवि प्रचार प्रसारमा हुनुहुन्छ । उहाँले टिकट पाएपछि युवाहरु उत्साहि छन् । प्रचार प्रसारमा युवा आकर्षण छ । तन्नेरीले गर्छन् भन्ने आशामा मतदाताहरु देखिएका छन् । युवा र अरु वयस्क पनि नगरको नेतृत्व तन्नेरीले लिनुपर्छ राजनीतिमा युवा आउनुपर्छ भन्नेमा थिए र छन् पनि । यसैमा रविको पार्टीले यस निर्वाचनका लागि रविलाई नगरप्रमुखको उम्मेदवारको रुपमा अघि सारेको छ ।  
पार्टीले पत्याएका युवा
राजनीतिक दलले युवालाई मान्दैनन् । अवसर दिँदैनन् । सबै जिम्मा बुढा पाकाले मात्रै लिन्छन् भन्ने मान्यता छ । तर रविलाई उहाँको पार्टीले पत्याएको छ । युवाले गर्छन र गर्न सक्छन् भन्ने विश्वास दिलाएका कारण एक जना तन्नेरीले नगरप्रमुखको उम्मेदवारमा पार्टीले सिफारिस गरेको हो । रवि अर्थात युवालाई पार्टीले पहिलो पटक यस्तो अवसर दिएको होइन । रवि पार्टीको आठबीसकोट नगर समितिको पनि अध्यक्ष हुनुहुन्छ । त्यस अघि पार्टीको नगर सचिवको जिम्मेवारी वहन गरिसक्नुभएका रवि हाल पार्टीको नगर अध्यक्ष हुनुहुनछ । २०७८ सालको मंसिरमा भएको नगर सम्मेलनले रविलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको थियो । त्यस अघि उहाँ पार्टीको सचिवको भूमका हुनुहुन्थ्यो । ‘हाम्रो पार्टीले युवालाई अवसर नदिएको होइन, यो अवसर दिएको पहिलो पटक पनि होइन ठाउँ, क्षेत्र र अवस्था अनुसार हामी युवाहरुले अवर पाइरहेका छौं,’ उहाँले भन्नुभयो, ‘युवाले गर्न सक्छन् भनेर पार्टीले पत्याइरहेको छ ।’

विद्यार्थीबाटै राजनीतिमा
रवि विद्यार्थीकालबाटै राजनीतिमा लाग्नुभएको हो । आफूले माध्यामिक तहसम्मको अध्ययन गरेको बालकल्याण माध्यामिक विद्यालयमा विद्यार्थी संगठनमा आवद्ध भएर रविले राजनीति सुरु गर्नुभएको थियो । विद्यार्थी संगठनमा आवद्ध भएर विद्यालयका विकृति, विसंगति, लपारबाही सच्च्याउने र राम्रो गर्ने अभियान रविले विद्यालय तहबाटै थाल्नुभएको थियो । राजनीतिमा लागेको जोडिएको १६ वर्षमा रवि आठबीसकोट नगरपालिकाको प्रमुखको उम्मेदवार बन्नुभएको छ । रविले पहिलो पटक २०६२ बाल कल्याण माविसको इकाई सचिवको जिम्मेवारी लिनुभएको थियो । त्यसपछि उहाँ निरन्तर राजनीतिमै हुनुहुन्छ । लामो समय उहाँ विद्यार्थी राजनीतिमा रहनुभयो । २०६३ सालमा सुर्खेत क्याम्पस शिक्षामा अखिल क्रान्तिकारीको इकाई सदस्य, २०६५ सचिव र २०६६ मा क्याम्पस इकाइको अध्यक्ष बन्नुभएको थियो ।

सोही समयमा उहाँ अखिल क्रान्तिकारी जिल्ला समिति सुर्खेतको सदस्य, सह सचिव र सचिव समेत बनेर संगठनमा काम गर्नुभयो । अखिल क्रान्तिकारी सुर्खेतको अध्यक्षमा निर्वाचनमा लडेपनि उहाँ निर्वाचित हुनु भएन । त्यसपछि गृह जिल्लामा फर्किएका केसी माओवादी केन्द्रको जिल्ला सम्मेलन आयोजक समिति सदस्य बन्नुभयो । आठबीसकोट नगरको सदस्य तथा पार्टीको जिल्ला सचिवालय सदस्य हुँदै उहाँ एमाले माओवादीको एकताको क्रममा माओवादीको तर्फबाट नगर सचिव बन्नुभयो । पार्टी अलग बनेपछि फेरि उहाँ माओवादी केन्द्रको नगर सचिव नै बन्नुभयो । त्यसपछि पार्टीले उहाँलाई पार्टीको नगर अध्यक्ष बनायो । गत मंसिर यता उहाँले आठबीसकोट नगरको माओवादी केन्द्रको नेतृत्व गरिरहनुभएको छ । माओवादीको नगर समितिमा पनि अधिकांश युवा छन् । युवालाई पार्टीले अवसर र दुवै जिम्मेवारी दिएको उहाँले बताउनुभयो । युवाले गर्न सक्छन् भन्ने पार्टी र सरका दुवै ठाउँबाट देखाउने चुनौती युवामा रहेको युवाले गरेर पनि देखाउने विश्वास उहाँमा छ । 

आर्थिक समृद्धि र विकासमा जोड
रवि केसी नेतृत्वमा ७० जनाको उम्मेदवार मैदानमा छन् । ७२ उम्मेदवारमध्य २ जना यस अघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ । यो टिमले नगर तथा नगरबासीको आर्थिक समृद्धि र विकासमा जोड दिने बताएको छ । चुनावी प्रतिबद्धता पत्र सहित निर्वाचनमा गएको यो केसी नेतृत्वको टोलीले आर्थिक उपार्जनमा सबैलाई जोडि आर्थिक समृद्धि र विकासलाई प्राथमिकतामा राखेको छ । विशेष गरी कृषि र पशुपालन, फलफूल मार्फत नगरलाई समृद्धितर्फ लैजान सकिने विश्वास उहाँको छ । दुध तथा दुग्धजन्य पदार्थको प्रशोधन, फलफूलको प्रशोधन तथा निर्यातलाई मुख्य प्राथमिकतामा राखिएको छ । नगरपालिका यसका लागि उपयुक्त क्षेत्र, माटो भएकाले पनि यसतर्फ लाग्ने प्रतिबद्धता गरिएको उहाँले बताउनुभयो । वन पैदवारको उपयोग गरी यसलाई पनि आर्थिक स्रोतसँग जोड्ने योजना प्रतिबद्धता पत्रमा उल्लेख छ ।

गरीबीको रेखामुनि रहेका नगरबासीलाई लक्षित गरी विशेष परियोजना बनाई सञ्चालन गरी कम्तिमा पनि १२ महिना खान पुग्ने, औषधोपचार र अरु आधारभुत आवश्यक्ता परिपुर्तिको व्यवस्थापन गर्ने घोषणा यो माओवादी केन्द्रले गरेको छ । आर्थिक, सांस्कृतिक, पर्यटनको विकासमा विशेष ध्यान लाइने, सिस्ने राउण्डलाई पूरा गर्ने, चित्रिपाटन, मौराखारा, शाइकुमारी, काँडादह,आत्रेयऋषि, कोट, मैडाँडा, बञ्चरे तथा साततले गुफाको पर्यटकीय विकासमा जोड दिने उल्लेख छ । शैक्षिक गुणस्तरका लागि भौतिक पूर्वाधार निर्माणका प्रयासलाई निरन्तरता दिने, राडीज्युला शिक्षा क्याम्पसलाई आंगिक बनाउने घोषणा गरिएको छ । नगर अस्पतालको सेवा र सुविधालाई बढाउने घोषणा गरिएको छ । सबै वडामा बाह्रै महिना चल्ने गरी सडकको स्तरोन्नती गर्ने, राडीज्युला र सिमबजारमा सहरी पूर्वाधार विकास कार्यक्रम चलाउने पनि प्रतिबद्धतामा उल्लेख गरिएको छ ।

भूमीहिन तथा सुकुम्बासीलाई भूमीको व्यवस्थापन गर्ने र लालपुर्जा प्रदान गर्ने घोषणा पनि गरिएको छ । भेरीकरिडोर अन्तर्गतका सडकको कालोपत्रे गर्न प्रयास गर्ने, स्यालाखदी, गोतामकोटका घना वस्तिलाई ग्रामिण वस्ति विकासमा रुपान्तरण गर्ने पनि उल्लेख छ । जनयुद्धका सहिद परिवार, घाइते, अपांग लक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने, नगरभर विद्युतिकरणलाई २ वर्षभित्र सम्पन्न गर्ने, इलाका प्रहरी कार्यालयको भवन निर्माणका लागि पहल गर्ने जस्ता घोषणा पनि रवि केसीले गर्नुभएको छ । भेरी नदिको किनार तथा खोलाहरुमा तटबन्ध गर्न ढिलाई नगर्ने, बाढी, पहिरो, हावाहुरी जस्ता प्राकृतिक प्रकोपबाट सर्वसाधारणको सम्पती सुरक्षाको काम गर्ने र कम भन्दा कम क्षेती कसरी हुन्छ त्यसतर्फ ध्यान दिने पनि घोषणा पत्रमा उल्लेख छ । 
 


प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १३:२६
#स्थानीय तहको निर्वाचन २०७९
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्