Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथाउत्तरगंगा गाउँपालिका १ का अध्यक्षद्धारा सपथ ग्रहण
वडाध्यक्ष कामीलाई सपथग्रहण गराउँदै गाउँपालिका अध्यक्ष घर्ती ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ का अध्यक्षले सपथ ग्रहण गर्नुभएको छ । नव निर्वाचित अध्यक्ष विरमान कामीले गाउँपालिका अध्यक्ष पुनिराज घर्तीबाट सपथ ग्रहण गर्नुभएको हो । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भइ निर्वाचित भएका उहाँले पारिवारीक दुःखका कारण सपथ ग्रहण गर्नुभएको थिएन । निर्वाचनको मत परिणाम सार्वजनिक भए लगत्तै उहाँ श्रीमतीको उपचारमा लाग्नुभएको थियो ।

काठमाण्डौंमा उपचार सम्भव नभएपछि घर फर्किने क्रममा क्रममा उहाँकी श्रीमीत ४२ वर्षीया थपराजी कामीको मृत्यु भएको थियो । सुगर, प्रेसरको विरामी थपराजीको उपचारकै क्रममा मृत्यु भएको थियो । सो कारणले वडाध्यक्ष कामीको सपथ ग्रहण कार्यक्रम ढिला भएको हो । अध्यक्ष कामीलाई निर्वाचन अधिकृत नारायणप्रसाद चापागाईँले निर्वाचित भएको प्रमाण पत्र पनि प्रदान गर्नुभएको छ । अब उहाँले वडामा गएर पदभार ग्रहण गरी नियमित कार्य सम्पादन थाल्नुहुने जनाइएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update