Kakhara सबैको खबर सम्पूर्ण खबर
कखराका सम्पादक खड्का सम्मानित 

कखरा डटकमका सम्पादक मनिष खड्का सम्मानित हुनुभएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको २१ औँ नगर सभाको अवसरमा खड्का उत्कृष्ट पत्रकार पुरस्कार, २०८१ बाट सम्मानित हुनुभएको हो । 

नगर कार्यपालिकाको कार्यालय र सो अन्तर्गतका निकायबाट प्रवाह हुने सेवा, विकास निर्माण र नागरिक अपेक्षालाई पत्रकारिताको माध्यमबाट सुसूचित गर्दै नगर कार्यपालिकाको कार्यालय र नागरिकप्रतिको सम्बन्ध सुमधुर बनाइ 'समृद्ध चौरजहारी: जनउत्तरदायी सरकार'को सोच पूरा गर्न योगदान पुर्‍याएको भन्दै नगद पुरस्कार सहित सम्मान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । 

खड्का कखराका सम्पादकका साथै रेडियो सानीभेरीका समाचार प्रमुख र नयाँ पत्रिका दैनिकका रुकुम पश्चिम संवाददाता समेत हुनुहुन्छ । सम्पादक खड्का सहित विभिन्न क्षेत्रका २२ जना व्यक्ति र ३ संस्थालाई पनि नगर सभाको अवसरमा सम्मान गरिएको उहाँले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  २२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update