
गाडीको ठक्करबाट अमेरिकामा ज्यान गुमाएका रुकुम पश्चिमका ओपेन्द्र बोहराको दाहसंस्कार गर्न र परिवारका लागि सहयोग सङ्कलन सुरु भएको छ । अमेरिकामै रहेका उहाँका दाइ विजय बोहरा र भिनाजु याेगेश देवकोटा लगाएतको टोलीले सहयोग सङ्कलन अभियान सुरु गरेको हो ।
गो फन्ड मि र अन्य माध्यमबाट सहयोग सङ्कलन सुरु भएको बताइएको छ । यो समाचार तयार पार्दासम्म गो फन्ड मि मा २८ जनाबाट १८ सय ५३ डलर सङ्कलन भएको छ । त्यस्तै केही व्यक्तिले नगद तथा अन्य माध्यमबाट सहयोग गरिरहेको बताइएको छ ।
रुकुम पश्चिमको बाँफिकाेट गाउँपालिका ३ नेपानेका २० वर्षीय ओपेन्द्रकाे उपचारको क्रममा नेपाली समय अनुसार आइतबार बिहान मृत्यु भएको थियो ।
अमेरिकाको टेक्सासकाे राजधानी अस्टिनको सेभेन इलाभेनमा कार्यरत बोहरा नाइट ड्युटी सकाएर अमेरिकाको शुक्रवार बिहान र नेपाली समय अनुसार शुक्रवार बेलुकी पैदल कोठा फर्किने क्रममा गाडीले ठक्कर दिएको थियो ।
यो पनि पढ्नुहोस