Top Navigation
बुधबार, मंसिर १३, २०८० ०४:५५:४५
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
बुधबार, मंसिर १३, २०८० ०४:५५:४५
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #डिग्रे
  • #लालबहादुर केसी
  • #विचार
  • #शव फेला
  • #दुर्घटना
  • #खेलकुद
  • #बेल्टापु मेला
Search Here
व्यक्ति/व्यक्तित्व
  • Home
  • व्यक्ति/व्यक्तित्व
  • सत्ताकै  निम्ति मरेको राष्ट्रवाद
सत्ताकै  निम्ति मरेको राष्ट्रवाद केपी सरकारले सिर्फ  आफ्नो सरकार संकट टार्नकै लागि गरिरहेको वास्तविकता यो दुनियाका सामु दिनको घाम जस्तै छर्लङ्ग छ ।
शेरवहादुर केसी
शेरवहादुर केसी शनिबार, जेठ २२, २०७८

हामी सबैलाई थाहा नै छ कि सबै कार्बन हिरा बन्न सक्दैन् । त्यस्तो कार्बन हिरामा परिणत हुने शौभाग्य प्राप्त गर्छ जसले उच्च चाप र ताप खप्न सक्छ । त्यो उच्च ताप र चाप खप्न नसक्ने कार्बन चाहिँ कोइला लगायतका अन्य कमसल पदार्थहरुमा परिणत हुन्छन् । त्यसै गरेर मानिसको वास्तविक  क्रान्तिकारीता राष्टबाद तथा राष्टप्रेम, इमान्दारिता, क्षमता, गुण र ब्यक्तित्वको परीक्षण संकट भन्दा पनि महासंकटहरुमा हुने गर्दछ । सच्चा राष्टवादी व्यक्ति आफ्नो सर्बनास हुँदाखेरी पनि राष्टहित बिपरित काम कहिल्यै पनि गर्न सक्दैन । उ अन्तिम साससम्म पनि आफ्नो सिद्धान्त, इमान, जमान र बोलीमा टसमस हुन सक्दैन । तर आज निकै खेदपुर्बक हाम्रो देशका बर्तमान काम चलाउ सरकारका प्रधानमन्त्री खडगप्रसाद ओलीको राष्टवादको बिषयमा केहि तितो चर्चा गर्न गइरहेको छु ।

यो दुनियालाई छर्लङ्ग नै छ कि खडगप्रसाद ओली पहिलेदेखि नै भारतको आशिर्वाद र संरक्षणमा हुर्केका मानिस हुन् । टनकपुर सन्धी लगायतका बिभिन्न भारतसँगका असमान राष्टघाती सन्धी सम्झौताहरुमा उनको प्रत्यक्ष तथा अप्रत्यक्ष अग्रसरताले उक्त तथ्यलाई थप उजागर गरिरहेका थिए र छन् । तर राजनीतिक शक्ति र सत्ताको खेलमा निकै चतुर खेलाडी उनले आप्रवासी अमेरिकीहरुको बिरुद्धमा वाक युद्ध चर्काएर र आफ्नो देशलाई काँडेतारले घेराबार गर्ने जस्ता उग्र राष्टवादी अराजक नारा लगाएर अमेरिकी जनतालाई प्रभावमा पारिकन डोनाल्ड ट्रम्प  अमेरिकाको ४५ औँ राष्टपति भएको घटना आफ्नै आँखाले देखेका थिए । त्यसैगरी छिमेकी राष्ट भारतमा पनि त्यतिबेलै आफ्नै देशका मुस्लिम समुदाय र छिमेकी राष्ट पाकिस्तानका बिरुद्ध चर्को नारा दिएर नरेन्द्र मोदी भारतको प्रधानमन्त्री भएको दृष्य पनि नजिकैबाट नियालिरहेका थिए । 

ठिक त्यही सेरोफेरोमा नेपाली जनताको लामो त्याग तपस्या र बलिदानको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संबिधान निर्माण र घोषणाको प्रक्रियामा हाम्रो देश अगाडी बढिरहेको थियो । त्यो बेला मधेश केन्द्रित राजनीतिक दलहरुले नयाँ संबिधानमा मधेशको विशेषाधिकारहरुको सुनिश्चितताको माग गर्दै शसक्त रुपमा मधेश आन्दोलन चर्काइरहेका थिए । त्यतिबेला उनले मधेशको मुटुमा अपमानजनक संगीन शब्दहरुको धारिलो तरबार धसीरहेका थिए। सिंगो मधेशलाई बदनाम र अपमान गर्न उनले विश्व शब्दकोषमा भएका र नभएका कुनै पनि शब्दहरु बाँकी राखेनन् । त्यो बेला मधेशी जनतालाई उनले बिहारी, विदेशी, अराष्ट्रिय तत्व लगायत जे जे भन्नु थियो भने । मधेश आन्दोलनका शहीदहरुलाई त उनले झरेका आँपहरु समेत भनेर अपमान गरे । त्यतिबेला उनले भारतको पनि सकेजति बिरोध गरे । नेपाली जनतालाई पनि खडगप्रसाद ओली भन्ने मानिस साँच्चिकै राष्टवादी नेता रहेछन् कि के हो ? भन्ने जस्तो भान भयो । त्यसको परिणामस्वरुप तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पाटी एकता गरी बनेको एकिकृत पाटी नेपाल कम्युनिष्ट पाटी झण्डै दुइ तिहाई बहुमत प्राप्त गर्दै देशको शक्तिशाली पार्टी बन्यो । परीणामस्वरुप उनी आफ्नै पाटीको झण्डै दुइतिहाइ बहुमतको एकल सरकारको प्रधानमन्त्री बन्न सफल भए ।

समय क्रमसँगै नियम, कानुन, नीति, बिधि र संबिधान कुल्चेर अराजक राजनीतिक आचरणका साथ स्वेच्छाचारी ढङ्गले निरन्तर चल्दा अन्ततः उनी सरकार, संसद, जनता र पाटीमा एक्लिदै जानुपर्यो । उनी सबैतिरबाट एक्लो हुँदै जाँदा उनको कुनै बेलाको शक्तिशाली ठानिएको दुई तिहाइको प्रधानमन्त्रीको कुर्सी पनि नराम्रोसित  हल्लिएर ढल्नै थाल्यो । त्यसपछी मात्र खडगप्रसाद ओलीको राष्टवादको वास्तविक परीक्षा सुरु भयो ।

केपी ओलीको कुर्सी मक्किनै लाग्दा २०७७ कार्तिक ५ गते कुख्यात भारतीय गुप्तचर संस्था “र” प्रमुख सामन्तकुमार गोयल रातारात बालुवाटार छिरे । गोयलले उनलाई के बिषवमन गराए ? त्यो रहष्य ईतिहासको गर्भमै छ । तर त्यो घटनापश्चात केपी ओलीले एकपछी अर्को गरेर नेपालको हिटलर बन्ने शक्ति हाशील गर्दै गए । गोयल मार्फत नरेन्द्र मोदीको आशीर्वाद पाइसकेपछी उनले जे जे काण्डहरु मच्चाउनु थियो सबै मच्चाए । कोभिड १९ को महामारीबाट मृत्युशैयामा छटपटाइरहेका नागरिकहरुको कुनै मतलब नगरी दुइ/दुइ पटक प्रतिनिधि सभाको बिघटन, शक्तिशाली नेपाल कम्युनिष्ट पाटी (नेकपा) बिघटन, झण्डै नेकपा एमाले र जनता समाजबादी पाटी (जसपा) बिघटन, प्रदेश सरकार बिघटनको धम्की, सर्बोच्चलाई बिवादित बनाउने आदी जस्ता थुप्रै काण्डहरु घटाउन उनी सफल भए ।

भारतलाई खुसी पारी आफ्नाे मक्किएको प्रधानमन्त्रीको कुर्सी बचाउनकै लागि उनले कुनैबेला आफैले चर्को बिरोध गरेको राष्ट्रघाती नागरिकता सम्बन्धी अध्यादेश जारी गरे । लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको चुच्चे नक्सा जारी गर्न पनि उनलाई भयंकर कठिन भयो । जनताको चर्को दबाब र जोडबलका कारण जारी गरिएको उक्त चुच्चे नक्सामा समेटिएको भुभाग नक्सामै सिमित भएको छ । बहुचर्चित र समग्र राष्ट्रले एउटै स्वरमा चर्को बिरोध गरिरहेको एमसीसी लागु गर्न न्वारनदेखिको बल लगाइरहेका छन् । यो नागरिकता सम्बन्धी अध्यादेश र एमसीसी सम्झौताले नेपाललाई सिक्मिकरण एवं फिजिकरणको बाटोतिर जबरजस्त धकेलिदिएको छ ।

हिजो उनैले जेलमा थुनेका रेशम चौधरीहरुलाई सिर्फ आफ्नो कुर्सीको बचाउका निम्ति लाजै नमानी बिनासर्त रिहाइ गर्न पनि निकै जोडबल गरीरहेका छन् । कुनैबेला उनीबाटै स्वघोषित बिहारीहरुको पाउमा परेर आज अनले आफ्नो सत्तासंकट टार्न भरमग्दुर प्रयास गरिरहेका छन् ।आफ्नो पद जोगाउनकै खातिर उनले सांसद किनबेचदेखि सांसद अपहरण सम्मका नितान्त घृनित हर्कतहरु गर्न भ्याइसकेका छन् ।

यति मात्र होइन आर्थिक बर्ष २०७८/०७९ को बजेट मार्फत चुरे क्षेत्रको गिट्टी बालुवा भारतलाई बेच्न नीति कार्यक्रम बजेट मार्फत ल्याएका छन् । एकातिर यही सरकारले राष्टपति चुरे संरक्षण कार्यक्रम तथा योजना अघि बढाएर त्यसका लागि अरबौँ बजेट बर्षेनी खर्च गरिरहेको छ भने अर्कोतिर सम्पुर्ण चुरे क्षेत्र भारतलाई बेच्ने जस्तो घोर आपत्तिजनक राष्टघाती कदम अघि बढाएको छ । यसरी सरकारको योजना अनुसार अन्तर्राष्टिय स्तरबाट आफैमा संकटमा परेको चुरेको उत्खनन् गर्दा हाम्रो चुरे लगायतको सम्पुर्ण मधेश मरुभुमिमा परिणत हुने कुरामा कुनै शंका छैन् ।

माथि उल्लेखित जस्ता तमाम प्रकारका नेपाल राष्टलाई नोक्सान पुर्याउने आफ्नै पुर्व अभिब्यक्ति, सिद्धान्त र अडान बिपरितका गतिबिधिहरु केपी सरकारले सिर्फ  आफ्नो सरकार संकट टार्नकै लागि गरिरहेको वास्तविकता यो दुनियाका सामु दिनको घाम जस्तै छर्लङ्ग छ ।

यसरी २०७२ सालको सेरोफेरोमा केपी ओलीले लगाएको राष्ट्रबादको जामा आज सारा जगतले प्रष्टै देख्ने गरी पुर्णरुपले च्यात्तिसकेको छ । यदि बिगतमा मधेश आन्दोलन तथा अन्य राष्ट्रियताको सवालमा उनले दिएका अभिब्यक्तिहरुसँग उनका आजका ब्यवहारहरु तुलना गर्ने हो भने अबोध दुधे बच्चाले पनि उनलाई एउटा धुर्त राष्टघाती खेलाडीका रुपमा सजिलै चित्रण गर्न सक्दछ । यसरी आफ्नो सत्ता संकट टार्नकै लागि आज आएर खडगप्रसाद ओलीको राष्टवाद नराम्रोसँग कुहिएको छ । २०७२ को वरिपरी एउटा निडर र हक्की राष्टबादी राजनेताको छबि बनाएका केपी ओली आज केही दर्जन मानिसहरुको झुण्ड बाहेक बाँकी सारा नेपाली मानव अधिकारवादी, पत्रकार, शिक्षक, बिद्यार्थी, नागरिरक समाज, कानुन ब्यवसायी, अन्य राजनीतिक दलहरु लगायत बहुसंख्यक नेपाली जनसमुदायको तीब्र आक्रोस, घृणा, गाली र बिद्रोहको निसानी बन्न पुगेका छन् । यसरी जनताको भोट आकर्षित गरेर सत्तामा जानको लागि ठुलठुला उग्र राष्टवादी भाषण गर्ने र सत्तामा पुगिसकेपछी उक्त सत्ता टिकाउन बिदेशीको टाङ्गमुनि छिर्ने प्रवृति चरम राष्ट्रघाती भएको कुरामा कुनै शंका छैन् । अन्तर्राष्टिय जगतमा हाम्रो देशलाई बदनाम र कमजोर बनाउने यस्ता खालका राष्टघाती कदमका बिरुद्ध हामी सम्पुर्ण सच्चा देशभक्त नेपाली दाजुभाई दिदिबहिनीहरु जहाँ छौँ त्यहाँबाट दृढतापुर्वक प्रतिवाद गर्दै लडौँ । यो देश हाम्रो हो र यसको रक्षा गर्ने कार्यभार पनि हाम्रै काँधमा छ ।


प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  ०९:२२
#विचार #शेरवहादुर केसी
प्रतिक्रिया दिनुहोस्
थप व्यक्ति/व्यक्तित्व
त्रिवेणीमा पनि मत गणना थालियो
त्रिवेणीमा पनि मत गणना थालियो शनिबार, वैशाख ३१, २०७९
लुम्बिनीका सभामुखद्धारा चुनवाङबाट मतदान 
लुम्बिनीका सभामुखद्धारा चुनवाङबाट मतदान  शुक्रबार, वैशाख ३०, २०७९
सानीभेरी गाउँ सभाले पास गर्यो आगामी आर्थिक वर्षको बजेट  
सानीभेरी गाउँ सभाले पास गर्यो आगामी आर्थिक वर्षको बजेट   शुक्रबार, असार २५, २०७८
चाैरजहारी, त्रिवेणि र बाँफिकाेटकाे बजेट पास, अन्यले कहिले गर्छन् ?
चाैरजहारी, त्रिवेणि र बाँफिकाेटकाे बजेट पास, अन्यले कहिले गर्छन् ? मंगलबार, असार २२, २०७८
बाँफिकोट गाउँपालिकाको बजेट पास 
बाँफिकोट गाउँपालिकाको बजेट पास  आइतबार, असार २०, २०७८
त्रिवेणि गाउँपालिकाको बजेट ४४ करोड  
त्रिवेणि गाउँपालिकाको बजेट ४४ करोड   मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाका मुल प्राथमिकताहरु (पूर्णपाठ सहित)
त्रिवेणि गाउँपालिकाका मुल प्राथमिकताहरु (पूर्णपाठ सहित) मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाकाे नीति, कार्यक्रम र बजेट पेश हुदै (लाईभ)
त्रिवेणि गाउँपालिकाकाे नीति, कार्यक्रम र बजेट पेश हुदै (लाईभ) मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाले आज नीति, कार्यक्रम र बजेट ल्याउदै 
त्रिवेणि गाउँपालिकाले आज नीति, कार्यक्रम र बजेट ल्याउदै  मंगलबार, असार १५, २०७८
लोकप्रिय
  • Week
  • Month
डिग्रे मन्दिरको इतिहास र वर्तमान
डिग्रे मन्दिरको इतिहास र वर्तमान
सानीभेरी नदी किनारमा एक पुरुषकाे शव फेला 
सानीभेरी नदी किनारमा एक पुरुषकाे शव फेला 
बसको ठक्करबाट आठबीसकोटमा एक व्यक्तिको मृत्यु, २ जना घाइते, बसमाथि ताेडफाेड
बसको ठक्करबाट आठबीसकोटमा एक व्यक्तिको मृत्यु, २ जना घाइते, बसमाथि ताेडफाेड
बेल्टापु मेलाकाे अवसरमा आयाेजित विविध खेलकुद सम्पन्न
बेल्टापु मेलाकाे अवसरमा आयाेजित विविध खेलकुद सम्पन्न
सकियो डिग्रे मेला, फाेटाे र भिडिओमा  हेर्नुहाेस मेला
सकियो डिग्रे मेला, फाेटाे र भिडिओमा हेर्नुहाेस मेला
डिग्रे मेलामा एक आपसमा लट्ठी जुधाएर किन नाचिन्छ (भिडिओ सहित)
डिग्रे मेलामा एक आपसमा लट्ठी जुधाएर किन नाचिन्छ (भिडिओ सहित)
तीन हजार स्वयंसेवककाे नेतृत्व गर्दै जनार्दन अस्थायी आवास निर्माणमा (फाेटाे फिचर)
तीन हजार स्वयंसेवककाे नेतृत्व गर्दै जनार्दन अस्थायी आवास निर्माणमा (फाेटाे फिचर)
मातृ तथा शिशु स्वास्थ्यका लागि ७२ लाख खर्च 
मातृ तथा शिशु स्वास्थ्यका लागि ७२ लाख खर्च 
Badminton Badminton
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्