रुकुम पश्चिमका कलाकार राम बी पुन प्रतिष्ठित ४ औँ नेसनल ब्रान्ड म्युजिक अवार्ड–२०८२ अन्तर्गत ‘न्यु मोडर्न सङ्ग एक्टर मेल’ विधाको उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल हुनुभएको छ । पुनले अभिनय गरेको ‘तिमीलाई हेरी हेरी’ बोलको गीतबाट उहाँ उत्कृष्ट पाँचमा पर्न सफल हुनुभएको हो । उहाँ सँगै अन्य ४ जना पनि यो मोडलका लागि प्रतिस्पर्धामा छन् ।
भोटका आधारमा यो अवार्ड वितरण हुने पुनले बताउनुभयो । दर्शकको मायाले आफू यो प्रतिस्पर्धामा परेको बताउँदै उहाँले आफ्नो अमूल्य भोट दिएर जिताउन सबैमा अपिल गर्नुभएको छ । ई–सेवा मार्फत भोटिङ गर्न सकिने उहाँको भनाई छ । देश तथा विदेशबाट आफूले सकेको भोट गरेर आफूलाई सपोर्ट गर्न उहाँको अनुरोध छ । अवार्ड आफ्नो लागि महत्त्वपूर्ण रहेको समेत उहाँले बताउनुभयो । यसले आफूलाई साङ्गीतिक क्षेत्रमा अघि बढ्नका लागि महत्त्वपूर्ण सहयोग गर्ने उहाँको विश्वास छ ।
गतवर्षदेखि मोडलिङको यात्रा सुरु गर्नुभएका पुनले पहिलो साङ्गीतिक प्रस्तुति तकदिर २–‘म माया गर्छु’ बाट दोस्रो बि स्टार फिल्म म्युजिक अवार्ड २०८२ अन्तर्गत सर्वोत्कृष्ट सुगम सङ्गीत नव मोडल अवार्ड समेत प्राप्त गरिसक्नु भएको छ ।
‘तिमीलाई हेरि हेरि’ यो उहाँको दोस्रो साङ्गीतिक कोसेली हो ।





-1759842583.jpg)