Top Navigation
सोमबार, चैत ६, २०७९ ११:५६:५७
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
सोमबार, चैत ६, २०७९ ११:५६:५७
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
विचार/व्लक
  • Home
  • विचार/व्लक
  • विकृतिका माझवाट सम्पन्न हरितालिका तिज 
विकृतिका माझवाट सम्पन्न हरितालिका तिज 
दलबहादुर खड्का
दलबहादुर खड्का बिहीबार, भदौ १६, २०७९

वैदिक सनातन हिन्दु धर्म का विभिन्न ग्रन्थ, शास्त्रीय विधाहरु र ज्योतिष शास्त्रीय मान्यताका अनुसार सोह्र तिथि मध्य तृतिया तिथिमा रहेको तिज एवं भदौ शुक्ल पक्षको तृतिया तिथिलाई तिज भनेर बुझ्ने गरिन्छ । हरेक महिना लगभग दुई वटा तृतिया तिथि एवं तिज पर्ने गर्दछन् । शुक्ल पक्ष र कृष्णपक्षमा गरि प्रति महिना लगभग दुईवटा तिज तिथी परेता पनि सनातन पर्वका रुपमा भदौ शुक्ल पक्षको तिजलाई वढि चिनिने गर्छ । यस दिन हरितालिका तिज मान्ने धार्मिक परम्परागत सनातन मान्यता देखिन्छ । हिन्दु धर्मशास्त्रीय मान्यता अनुसार हिमालय पर्वतकी पुत्री पार्वतीसंग हिमालय पर्वतले भगवान विष्णुसंग विवाह गरिदिने निश्चित गरिदिएपछि माता पार्वतीले आफुले भगवान शंकरलाई आत्मदेखि पति स्वीकार गरेको र यसै कारणले उनै शंकरसंग मात्र विवाह गर्ने कुरा आफ्नो पिता हिमालय पर्वतलाई बिन्ती गर्दा समेत हिमालय पर्वतले अस्वीकार गर्दा माता पार्वतीका सखिहरु (शास्त्रमा आलिभी हरिता उल्लेख गरेको) ले नदीतटको जंगलमा लुकाएको कुरा उल्लेख छ । त्यसै जंगलमा पार्वतीले एक चित्तले शंकरको आराधाना, साधना गर्दा परिणाम स्वरुप शंकरलाई प्राप्त गरेको दिन भदौ शुक्ल पक्षको तृतिया तिथिलाई हरितालिका तिजका रुपमा मान्दै आएको पाईन्छ । पार्वतीलाई माता गौरी र शंकरलाई भगवान शिवका रुपमा पनि वुझिन्छ । तथापि यो दिन माता गौरीले भगवान शिवलाई प्राप्त गरेको दिनका रुपमा बुझिन्छ ।

अर्को तर्फ भगवान श्रीकृष्ण जन्मेपछि यसै तिथिमा न्वारन गरिएको र उक्त दिन गोकुलवासीहरुले दही, ’घ्यू, नैवेद, दुध, फलफूल आदिका परिकार बनाई खाँदै उक्त परिकारले हानाहान, छ्यापाछ्याप आदि गरि नाच गान, भजन, आराधाना गरि खुसी मनाएको (आसिन चन्तु विलिम पन्तु नवनितरर्थचिष्छबु भनि उल्लेख गरेको) दिनका रुपमा पनि यो दिनलाई शास्त्रले मान्यता दिएको देखिन्छ । तिज धार्मिक पर्वका रुपमा मात्र नभएर परापूर्वकालदेखि यो पर्व साँस्कृतिक र सामाजिक पर्वका रुपमा विकास भएको छ । वेद धर्मशास्त्रमा मुर्तिपुजाको कल्पना गरिएको छैन, भागवत गीतामा मुर्ति पुजा, पितृ पूजा जस्ता कुराको कल्पना गरिएको छैन । श्रीमद्भागवत गीतामा निराहार, निर्जल वर्तको कल्पना गरिएको छैन । श्री मद्भगवत गीता अध्याय ६ श्लोक १६ मा निराहार वर्तलाई निषेध गरि भनिएको छ ः अर्जुन यो योग (भक्ति) न धेरै खानेहरुको, नत खाँदै नखानेहरुको अर्थात यो भक्ति न व्रत गर्नेहरुको, न अति सुत्नेहरुको तथा न अति जाग्राम रहनेहरुको सफल हुन्छ । यस श्लोकमा व्रत राख्नु पूर्ण रुपमा निषेध छ । गीता अध्याय ९ श्लोक २५ मा स्पष्टसंग लेखिएको छ  भूत पुज्नेहरुले भूतलाई नै प्राप्त गर्दछ । श्राद्ध, पिण्डदान आदि गर्नु भूत पुजा हो । यि सव व्यर्थका साधना हुन ।

त्यसो भए आजको अवस्थासम्म आइपुग्दा हरितालिका तिज किन हरिविजोगको अवस्थामा पुग्यो त ? महिला मात्रले व्रत बस्नु पर्ने, पोईलजान पाम भन्ने गीतमा नाच्नु पर्ने किन बन्यो त ? सनातन हिन्दु धर्मशास्त्रका अनुसार के तिज सही ठाउमा छ त ? छैन भने यो धार्मिक, साँस्कृतिक सामाजिक पर्वलाई उलटपुलट कसले बनायो त ?

शास्त्रहरुमा के कुरा उल्लेख गरिएको छ भने भृङ्गी नामका ऋषि भगवान शिवका भक्त थिए उनले साधनाका क्रममा हरेक दिन शिवको मात्र परिक्रमा गर्ने गर्थे । तर माता पार्वतीको परिक्रमा कहिले पनि नगरेपछि पार्वतीको अपमान बोध भै आफ्ना पती शिवजीसंग किन यस्तो भयो ? किन भृङ्गीले मेरो परिक्रमा गर्दैनन् ? शिव र पार्वती एउटै मन र शरिर किन हुन सकेन ? शिव र शक्ति एउटै किन हुन सकेन ? शिव र शक्तिकारुपमा पार्वती होईन र ? शिव के एक्लै विद्यमान हुन सक्छन त ? भनेर गुनासो गरेपछि शिवजीले शिव पार्वती एउटै हो जो शिवशक्तिका रुपमा विद्यमान हुनेछ भन्ने घोषणा गरेको सनातन कथाका आधारमा नारी पुरष एक रथका दुई पाङ्ग्राका रुपमा लिनु पर्छ भन्ने मान्यता प्रचलनमा आएको देखिन्छ । यो पर्व यिनै कारणहरुवाट एक साँस्कृतिक र सामाजिक सनातन पर्वका रुपमा लिईएको हो । मन, आत्मादेखि न्याय, धर्म र समानताका लागि यो साँस्कृतिक पर्व एक उदाहरण हुन सक्छ । शास्त्र अनुसार यो पर्व कही कतै पनि महिला मात्रका लागि वा उच्च कुलिनका लागि हो भन्ने कुरा कतै उल्लेख गरेको छैन । मासिक धर्म भएको बेला वा जुठो सुतकका बेला व्रत बस्न नमिल्ने भन्ने पनि छैन । धार्मिक मान्यता अनुसार शिव पार्वती (शिवशक्ति) को आराधाना गर्ने कुरा सम्प्रदाय, जाती, महिला, पुरुष वा अन्य प्राकृतिक घटना कुनै कुराले बन्देज गर्दैन भन्ने मान्यता छ ।
 
त्यसो भए आजको अवस्थासम्म आइपुग्दा हरितालिका तिज किन हरिविजोगको अवस्थामा पुग्यो त ? महिला मात्रले व्रत बस्नु पर्ने, पोईलजान पाम भन्ने गीतमा नाच्नु पर्ने किन बन्यो त ? सनातन हिन्दु धर्मशास्त्रका अनुसार के तिज सही ठाउमा छ त ? छैन भने यो धार्मिक, साँस्कृतिक सामाजिक पर्वलाई उलटपुलट कसले बनायो त ? आध्यात्मिक वादी र भौतिकवादी संस्कृति अनुसार यो पर्वलाई कसरी लिन सकिन्छ त ?

राज्यको उत्पत्तिको विकासक्रम (राज्यका उत्पत्तिका सामाजिक सम्झौता सिद्धान्त, राज्यका उत्पत्तिका विकासवादी सिद्धान्त)  संगै सामन्तवादी राज्य व्यवस्थाको सुरु भयो । सामन्तवादी राज्य व्यवस्थामा राज्य सञ्चालन गर्ने भष्मासुरहरुले शक्तिको दुरुपयोग गरि विभिन्नि धार्मिक, साँस्कृतिक र सामाजिक मुल्य मान्यता र सिद्धान्तहरुमा तोडमोड गर्दै आफ्नो वरिपरि शासन व्यवस्थाको भरण पोषण हुने गरि एकात्मक ढंगवाट शाषण सञ्चालन गरेको पाईन्छ । त्यसै क्रममा कतिपय धार्मिक साँस्कृतिक, सामाजिक मुल्य र सिद्धान्तहरुलाई आफ्नै ढंगले संशोधन गरेको देखिन्छ । हिन्दु धर्ममा आस्था राख्नेहरुका लागि मुख्य मन्त्रका रुपमा रहेको गायत्री मन्त्रमा समेत शंशोधन भएको पाईन्छ । यजुर्वेदको अध्याय ३६ मन्त्र ३ मा उल्लेख भएको (भुर्भवः स्वः तत् सवितु वरेणीयम् भर्गो देवस्य धीमहि धीयो योन: प्रचोदयात् ।) यस मन्त्रमा ॐ भन्ने शव्द कसरी आयो ? अहिले पनि शास्त्रका विद्धानहरु विचमा विवाद छ । यो एउटा सामान्य संशोधन हो । सामन्तवादी संस्कृतिको विकास पछि शास्त्रहरु, विचारहरु र वादहरुलाई निकै कुरुप बनाउदै गएका प्रमाणहरु छन । नेपाली समाज, धर्मशास्त्रको सामाजिक व्याख्या र हरितालिका तिजलाई साच्चै केलाएर हेर्ने हो भने निकै संवेदनशिल मोडहरु भेटिन्छन । नेपालको सामन्ती राजकीय शासन व्यवस्थाको समयमा भुरेटाकुरे राजा रजौटाहरुले नेपाली महिलाहरुले कपालको चुल्ठो बनाउदा पनि त्यसको कर लगाएको इतिहास भेटिन्छ भने रुपवती महिलाहरुलाई कि त रुपको कर लगाउने कि त रानी वा नानीको नाम दिएर उपभोग गर्ने गरेको इतिहास पनि छ ।

सामन्ती शासन व्यवस्थामा आवश्यकता र परिस्थिति अनुसार कुनै न कुनै वहानामा महिलाहरुलाई उपभोग गरिन्थ्यो । नोकर चाकर सुसारे धाई नानी आदि विभिन्न तरिकावाट नाम दिईएपनि त्यसको परिणाम यौन हिंसासंग जोडिएको देखिन्छ । नेपालमा राणा शासनकालका समय, राणा शासनकालपछि परिवर्तन भएको प्रजातान्त्रिक व्यवस्था र उक्त व्यवस्था पछि पञ्चायतकालिन व्यवस्थासम्म आईपुग्दासम्म महिला उत्पीडन, हिंसा र महिलाहरुको दुरुपयोगमा थोरै परिवर्तन भएता पनि उल्लेख्य परिवर्तन हुन सकेन । २०६३ सालसम्म नेतृत्वमा महिला सहभागिता र महिलाहरुको पहुँचमा खासै उल्लेख्य विकास भएको देखिदैन । नेपालमा गणतन्त्र स्थापना पूर्व समावेशीकरण, समानता र महिला अधिकारको पक्षमा खासै प्रगति देखिदैन । तत्कालिन नेकपा माओवादी पार्टिले सशस्त्र ‘जनयुद्ध’ सुरु गरि ‘जनयुद्ध’मा महिलाहरुको उल्लेख्य सहभागिता गराउदै २०६३ को शान्ति सम्झौता, २०६२/०६३ को जनआन्दोलन, मधेश आन्दोलनपछि नेपालमा गणतन्त्रको संस्थागत विकासमा सबै लागेपछि महिला सहभागिता एवं समावेशीकरणसंगै महिला अधिकारलाई संविधानमा पनि पूर्णरुपमा स्थापित गरियो । गणतन्त्र स्थापनापछि अधिकारको सदुपयोग गर्ने, महिलाहरुको क्षमतामा विकास गर्ने, महिलाहरुलाई मुख्य नेतृत्वमा पुर्याउने, महिलाहरु जननी हुन भन्ने दृष्टिकोणवाट कतिपय धर्म, संस्कार, संस्कृति र सभ्यताको जननी पनि महिला हुन भन्ने विश्वासलाई आत्मसाथ गर्दै महिलाहरुको माध्ययमवाट धर्म संस्कृतिको अझ सुदृढिकरण गर्दै जाने जन अपेक्षा थियो । 

केही थान उच्च पदस्थ महिला अधिकारीहरु, राजनीतिकर्मीहरु, उच्च घरानीया उद्योगपति महिलाहरुका नाम उच्चारण गरेर महिला राष्ट्रपति बनेका छन्, महिला सचिव बनेका छन्, महिला सांसद बनेका छन्, महिला उद्योगपति बनेका छन् भनेर भाषण गरेर मात्र हुदैन ।

तर नेपालमा पछिल्लो समयमा यसको समिक्षा गर्ने हो भने शास्त्रीय धार्मिक मुल्य मान्यता, संस्कार संस्कृति र सभ्यतालाई हेर्ने हो भने आज हाम्रो नेपालको धर्म, संस्कृति र सभ्यता निकै डरलाग्दो र लाज लाग्दो देखिन्छ । हरितालिका तिज पर्व मात्रैलाई समिक्षा गर्दा पनि निकै डरलाग्दो, उदेकलाग्दो, छाडा र असभ्यरुपमा तिज पर्व पुगेको छ । सरकारी संगठनहरु, महिला अधिकारकर्मी संगठनहरु, स्थानीय तह भित्रका संगठनहरु र स्थानीय समुह सहकारीहरुवाटै संस्कृतिमा बेथिति बढेको छ । राष्ट्रको उत्पादन दर घट्दै जाने, विदेशी आयात बढदै जाने अवस्थाले राष्ट्रिय अर्थतन्त्र धरापमा परिरहेको अवस्थामा समेत तिज पर्वका नाममा महिना दिनसम्म दरखाने कार्यक्रमहरु आयोजना गर्ने, हरेक दिन महिला दिदी बहिनीहरु गहना प्रदर्शन, कपडा प्रर्दशन मात्र नभइ अंग प्रर्दशन समेत बढदै गइरहेको अवस्था छ भने उत्पादनमा जोडिनुपर्ने तप्का नै यसरी दुरुपयोग हुँदा राष्ट्रिय समृद्धिको बाधक बनिरहेको देखिन्छ । हिन्दु धर्म शास्त्रीय ऐतिहासिक विरासतपूर्ण सभ्यता र संस्कृति बोकेको सारीले आज आएर ब्रा जस्तो ब्लाउज पाउदा निकै दुखी भएको महसुस हुने गरि अंग प्रर्दशन भइरहेको छ ।

महाेत्सव

धार्मिक परम्परा अनुसार सारीलाई निकै शुभ र गरिमाको पहिरनको रुपमा लिइन्छ । महाभारतकालमा माता कुन्तीले सारी पहिरन गर्ने गरेको र उनको बुहारी द्रौपदीले लगाएको सारी दुर्योधनले अपमानका लागि फुस्क्याउन खोज्दा भगवान श्रीकृष्णको अनुकम्पाले जति तान्दा पनि नखुस्कीएपछि धार्मिक परम्परा अनुसार सारीलाई शुभ, सुरक्षित, महिलाहरुको सतित्व र सौभाग्यको प्रतिकको रुपमा लिईएको पाईन्छ । सारी जस्तो पवित्र कपडा पहिरेर महिला दिदी बहिनीहरु पोईल जान पाम, भिना मनप¥यो, सोल्टी मनप¥यो, मर्द भए लैजाउ तानेर, जाँउ कान्छी पोईल जाउँ, जान्न मत नै नै, बैस राम्रो १४ र १५ मा, १६ बर्षे जवानीमा, सोल्टीले छुदा जीउ मेरो सिरिङ्ग, आट छ भने लैजाउ भिना मलाई नी, कोई छैन, पोई छैन जस्ता गीतमा नाच्दै सारी सर्कियो भन्दै उछृङ्खल नाचहरु प्रर्दशन गरिरहदा के अर्थ जान्छ ? पछिल्लो पुस्ताका छोरा छोरीहरुले के सिक्छन् ? महिला अधिकारकर्मीहरुको थलोमै यस्तो भइरहेको छ । 

यति धेरै दिन दिनै दरखाने कार्यक्रम राख्ने सक्ने अधिकारकर्मीहरु, सरकारी निकायहरु, विभिन्न संगठनहरु यही गतिमा महिला सशक्तिकरणका लागि सकारात्मक कार्यक्रमहरु, प्रशिक्षणहरु संचालन गर्न सक्दैनन त ? अधिकांश महिला दिदी बहिनी, आमाहरुका आफन्त पुरुष, छोराहरु, भाईहरु, श्रीमानहरु बैदेशिक रोजगारमा गएको बर्षौ भयो । उनिहरु वर्षमा ३६५ दिन श्रममा जोडिएर घरमा पैसा पठाउँछन् । घर फर्केर आउँदा कसैको श्रीमती छैन, कसैको पैसा छैन, कसैले छुटपत्रको मुद्धा दर्ता गरेको छ, छोराछोरीहरु कुलतमा फसेका छन्, छोरीले उमेर नपुगि विवाह गरि, छोरा ड्रक्सको कुलतमा छ, बारी, खेत बाँझो छ, आमा बाबु स्वर्गेवास भएका छन्, घर पुग्दा नपुग्दै साहुले पैसा माग्न थाल्छ यो कुरा सत्य हो कि होईन ? शिक्षकहरु शिक्षक पोसाकमै चोलीके पिछे गीतमा नाच्नु पर्ने, निजामती कर्मचारीहरु पोसाकमै सोल्टी मन पर्यो भन्नु पर्ने । 

महिनौं दर खाने, उछृङ्खल नाच नाच्नु भन्दा त्यो खर्च र समयले महिला बालबालिका सशक्तिकरण तालिम, गोष्ठी, सेमिनार, सीप विकास तालिम आदिमा खर्च गर्न पनि सकिन्छ होईन र ? बाँकी रह्यो दर खाने कार्यक्रमः व्रत बस्नुको एक महिना अगाडी खाएको पौष्टिक आहार र खुट्टा दुख्ने कम्मर मर्कने गरि नाचेको नाचले व्रतको दिनमा सहयोग गर्दैन यसर्थ धार्मिक परम्परा अनुुसार अघिल्लो दिनको राती मात्र दरखाए कसो होला ?

महिनौ दर खाएर एकातिर फजुल खर्च अर्को तिर उत्पादनमा जोडिने समयको दुरुपयोग, अर्कोतिर संस्कृति माथि भएको विकृत प्रहार । अर्को तर्फ वर्ग विभाजन । धनी हुने खाने दिदी बहिनीहरुको कार्यक्रममा सामान्य गरिब किसानका श्रीमतीहरु सहभागी हुने आट आउदैन अव यसरी समाज बन्छ त ? श्रीमान्को बर्षभरीको कमाई एउटा तिजले खाईदिन्छ त अनि भ्रष्टाचार नगरेर के गर्ने ? जननीको काम त राम्रो कुराको सुरुवात गर्ने हो , भ्रष्टाचारको विरुद्ध लाग्ने हो, तिजका कारण आफ्नो श्रीमान्, छोरा छोरीलाई भ्रष्टाचार गर्न, विदेश पलाएन हुन बाध्य बनाउने होईन । सत्ता र शक्तिमा मात्र महिलाको समावेशीकरण होईन । आर्थिक विकासमा पनि महिलाको समावेशीकरण हुन जरुरी छ । समाज रुपान्तरणको वाहककै रुपमा महिलाले काम गर्नुपर्छ । केही थान उच्च पदस्थ महिला अधिकारीहरु, राजनीतिकर्मीहरु, उच्च घरानीया उद्योगपति महिलाहरुका नाम उच्चारण गरेर महिला राष्ट्रपति बनेका छन्, महिला सचिव बनेका छन्, महिला सांसद बनेका छन्, महिला उद्योगपति बनेका छन् भनेर भाषण गरेर मात्र हुदैन । पुरुषको आर्थिक गतिविधिमा आश्रित महिलाको प्रतिशत कति छ ? पुरुषको पावरमा संरक्षित महिलाको प्रतिशत कति छ ? गृहिणी, चुलोचौकोमा महिला संख्या कति छ ? धर्म संस्कृति, परम्परा, संस्कारमा पुरुष महिलाको सहभागीता दर कति हो ? शास्त्रले महिला पुरुष दुवैले हरितालिका तिजको व्रत लिन सकिन्छ यो भगवान शिवको आराधाना हो भनेको छ तर किन महिला मात्रको व्रत वा महिलाहरुको मात्र पर्वको रुपमा लिईएको हो ? अव यसरी नै समाज अगाडी बढने हो भने समाज निकै डरलाग्दो खाडलमा जान सक्छ । निकै विकराल रुपमा जान सक्छ । समाजको नियन्त्रण र सभ्यताको संरक्षण गर्न कठिन हुन सक्छ । 

कि त हामी भौतिकवादमा जानु पर्छ कि त आध्यात्मीकतालाई सहीरुपमा प्रयोग गर्नु पर्छ आजको समाज दुवै पक्षमा देखिएन । न त यो समाज पुँजीवादी लाईनमा जान लाग्यो न त समाजवादी लाईनमा । कुरुप पुँजीवादी लाईन, निर्मम पुँजीवादी प्रवृति, छाडा आध्यात्मीकताको विकास हुदैछ । नत आध्यात्मीकवादी दर्शनमा आधारित न त भौतिकवादी दर्शनमा आधारित ? साधारण किसानका छोराछोरीहरु जेहन्दार छन् तर उनिहरुको उच्च शिक्षा अध्ययनका लागि आर्थिक छैन । केही मान्छेहरुको आर्थिक हैसियत बलियो छ तर उनका अधिकांश छोराछेरीहरु कुलतमा फसेका छन् । अर्थशास्त्रीय दृष्टिकोणवाट हेर्ने हो भने आर्थिक मजबुति नै प्रगतिको अर्को रुप हो ।  तर नेपालमा यस्तो देखिएन । तथापि गलत बाटो तिर जादै गरेको समाज, संस्कृति र धर्मलाई सही बाटो तिर लिने हो भने हरितालिका तिज पर्वलाई सही रुपमा मनाउने हो भने पनि केही सुधार हुन सक्छ । महिनौं दर खाने, उछृङ्खल नाच नाच्नु भन्दा त्यो खर्च र समयले महिला बालबालिका सशक्तिकरण तालिम, गोष्ठी, सेमिनार, सीप विकास तालिम आदिमा खर्च गर्न पनि सकिन्छ होईन र ? बाँकी रह्यो दर खाने कार्यक्रमः व्रत बस्नुको एक महिना अगाडी खाएको पौष्टिक आहार र खुट्टा दुख्ने कम्मर मर्कने गरि नाचेको नाचले व्रतको दिनमा सहयोग गर्दैन यसर्थ धार्मिक परम्परा अनुुसार अघिल्लो दिनको राती मात्र दरखाए कसो होला ? रिसानी माफ पाउँ । 


प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १२:२५
#विचार #व्लक
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्