Kakhara सबैको खबर सम्पूर्ण खबर
'पुराना र नयाँ पार्टीहरु विघटनको दिशामा पुगे, पुनर्गठनकाे महाअभियान थालाैँ'
फाइल फाेटाे ।

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टीहरू विघटनको दिशामा पुगेकाे भन्दै गम्भीर हुन अपिल गर्नुभएको छ ।  जेन-जी आन्दोलनपछिको विकसित घटना क्रममा टिप्पणी गर्दै शर्माले संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेको बताउनुभएको हो । 

आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेले पुनर्गठन र पुनर्संरचनामा जानुपर्ने बताउनुभएको छ । ‘अब आन्दोलनको म्यान्डेट र जनअपेक्षा अनुसार “गम्भीर आत्म समीक्षा“सहित पुनर्गठन र पुनर्संरचनाको महा-अभियान सुरु गरौँ,’ माओवादी उपमहासचिव शर्माले सामाजिक सञ्जालमार्फत आह्वान गर्नुभएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update